कारको ठक्करबाट पर्सा निकुञ्जकाे चितुवा मर्‍यो



कारले ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जमा एउटा चितुवा मरेको छ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले सोमबार राति करिब ८ बजेतिर हेटौंडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर दिएको बताए।

पथलैयाबाट अमलेखगञ्जसम्म निकुञ्जको बिचबाट राजमार्ग गएकाले जनावरको ओहोरदोहोर हुने हुँदा  पछिल्लो समय राजमार्ग दुर्घटना बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष  २०७३/७४मा संरक्षित क्षेत्रहरुमा राजमार्ग दुघटनाबाट १३३ वटा वन्यजन्तु मरेका छन् ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अनुसार गत आर्थिक वर्षमा राजमार्ग दुर्घटनाबाट पर्सा निकुञ्जमा  ७वटा वन्यजन्तु मरेका छन् ।

चितुवा फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर समुहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो। कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार सँगै अस्तित्व संकटको सङ्घारमा पुगेको छ।

वर्तमान अवस्थामा मुख्यगरी अफ्रिकाको सहारा क्षेत्रमा सिमित भएको यो जनावर पाकिस्तान, भारत, श्रीलंका, नेपाल, मलेसिया र चीनमा केही सङ्ख्यामा पाइन्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics