लाख प्रयासले पनि बचेन अन्तिम सेतो गैँडा



संसारको अन्तिम उत्तरी भाले सेतो सुडान नामक गैँडाको केन्यामा मृत्यु भएको छ । बुढौलिपन र एक्लोपनमा बाचेको सुडानको सन् १९७२ मा जन्मिएको थियो ।

संसारको उत्तरी अन्तिम सेतो भाले गैँडा भएकोले उनलाई धेरै उपचार गरेर बचाउन कोसिस भएपनि केही उपाय लागेन । उपचार क्रममा गत सोमबार ओआई पिजेता कन्जरभेन्सी केन्यामा उसको मृत्यु भएको हो ।

सुडानलाई बुढौलीपनसँगै खुुट्टाको समस्यालेसमेत सताएको थियो । केही वर्षयता सुडान आफै उठ्न सक्दैनथ्यो । पशु चिकित्सकले सुडानलाई बच्चाउने धेरै प्रयास गरेका थिए । सुडानले शिकारीहरुको धेरै आक्रमण सहेको थियो । त्यही भएर उसलाई अन्तिम दिनहरूमा २४सैं घण्टा सशस्त्र सुरक्षाकर्मीलेसुरक्षा दिएर दिन रात शिकारीहरुबाट बचाइएको थियो ।

संरक्षणकर्मीहरुले उक्त गैँडाको मृत्युपछि गैँडाको सिंगको अवैध व्यापार रोक्नु पर्ने बताएका छन् । पहिला हजारौँको संख्यामा पाइने सेतो गैँडा अवैध चोरी व्यापारको कारण अहिले लोप भएको छ । अब अन्तिम भाले गैँडा मेरपछि यस प्रजातिको दुईवटा पोथी गैंडामात्र जीवित छन् । दुईवटा नाजिन र फातु नामक पोथी गैँडा सुडानका नातिनी र छोरी हुन् । नाजिन उनको छोरी र फातु नातिनी हो ।

यस भन्दा अघि सन २०१४ मा सुनि नामक अर्का सेतो गैँडाको हृद्धयघातको कारण मृत्यु भएको थियो । सुडान र अन्तिम दोस्रो सेतो गैँडा सुनी नामक गैँडा सन २००९ मा चेक रिपब्लिकको चिडियाखानबाट ओआई पिजेता कन्जरभेन्सी केन्यामा ल्याउँदा प्रजनन क्षमता कमजोर भइसकेको थियो ।

सुडानको मृत्युपछि सेतो प्रजातिको गैँडा नभएका कारण प्रविधिको प्रयोग गर्दै बाँकी रहेको वीर्य सुरक्षित राखेर अरू बच्चा जन्माउने र ती प्रजाति सुरक्षित राख्ने योजना बनाइको छ । नजिन र फटुमा गर्भ नरहने भएकोले यसको लागि दक्षिणको सेतो गैँडा प्रयोग गरिने जनाइको छ ।

सुडान लण्डन स्थित च्यारिटि ‘सेब ड राइनोले ‘अनुसार पछिल्लो एक दशकमा ७ हजार भन्दा बढी गैँडा सिंगको लागि अफ्रिकामा मारिएका छन् ।

ऐजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics