चितुवाको छालासहित पक्राउ



चितुवाको छालासहित प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएकोे घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनील सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले बुधबार पक्राउ गरेका थिए ।

कब्जा गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ इन्च लम्बाइको रहेको छ।

कब्जा गरेको छाला, दाँत र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics