वन व्यवस्थापन बुझ्न संसदीय टोली मेक्सिकोमा



संघीयता र वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि नेपालबाट स्थानीय सरकारका प्रमुख सहित ८ जना मेक्सिको पुगेका छन् ।प्राकृतिक स्रोतसाधनको उपयोग तथा केन्द्र ,प्रेदश र स्थानीय सरकारबीच प्राकृतिक स्रोत साधनको वैज्ञानिक बाडफाडको विधि बारे जानकारी लिन १० दिने भ्रमणका लागि केन्द्र, प्रेदेश र स्थानीय सरकारका प्रतिनिधी त्यहाँँ पुगेका हुन । टोलीमा प्रतिनिधि सभाका सदस्य पार्वत गुरुङ , घनश्याम खतिवडा, कमला रोका छन् ।

यसैगरी राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, मुनु सिग्देल, बनेपा नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु र तुल्सीपुर उपमहानगरपालिका प्रमुख धनश्याम पाण्डे संघीयता र वन व्यवस्थापन सम्बन्धी अवलोकनका लागि मेक्सिको पुगेका हुन ।


तुल्सीपुर उपमहानगरपालिका प्रमुख धनश्याम पाण्डेले वन वातावरण मार्फत समृद्धि प्राप्त गर्ने अभ्यास सम्बन्धी जानकारी लिइरहेको बताए । पाण्डेले भने , धेरै कुरा सिक्न पाएका छौं सघीयतामा प्राकृतिक स्रोत को बाँडफाडको अभ्यास हेरिरहेका छौं ।

अमेरिकामा प्राकृतिक स्रोत साधनको खोज तथा यसको उपयोगको सम्वन्धमा काम गरिररहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था राइट एण्ड रिसोर्स इनिसिएटिभ(आरआरआई) को व्यवस्थापनमा नेपालमा कार्यरत ग्रिन फाउन्डेशन नेपालको पहलमा टोलीले अमेरिकाको समेत प्राकृतिक स्रोतको बाँडफाडको जानकारी लिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics