गैँडा खोज्न टोली हिँडे 



गैँडाको खोजीको लागि बुधवारदेखि तयारीका साथ टोली हिँडेको छ । टोलीमा सबै गरेर ५० जनाको हाराहारीमा रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द अर्यालले बताए । गैँडाको रेकीको काम भन्ने बैशाख ६ गते देखी नै सुरु भएको थियो । चितवन राष्ट्रिय निुञ्जको पश्चिम पश्चिम अमलटारी आसपासतिर गैँडाको खोजीको काम भइरहेको छ । छ । अर्यालका अनुसार गैँडाको खोजीको लागि आवश्यक्ता अनुसार हात्ती परिचालना गरिन्छ । उनले भन्ने, ‘१० देखी १२ वटा हात्ती सम्म चाहिन सक्छ ।’

चितवन राष्ट्रिय अनुसार बाढीबाट उद्धार गरिएको गैँडाको केटोलाई चीन पठाउन प्रस्ताव गरिएको छ ।

फिल्डमा भएका टोलीले पहिले देख्ने खोज्ने काम गरे पनि बुधबार भने ठूलो टोली तयारीको साथ हिँडेका हुन् । पहिलो दिन गैैंडा नभेटिए पछि आज अब टोली चितवनको राष्ट्रिय निकुञ्जको पश्चिम तिर नै बसेर भोलि बिहान देखी खोजी कार्य गर्ने भएका छन् । लिंग पहिचान गरी सुरुमा निकुञ्जको पोथी गैँडा समात्ने लक्ष्य टोलीको रहेको छ । यसको लागी प्राविधिक,पशु चिकित्सक र हात्ती परिचालन भएको छ ।

नेपालको गैँडा चीनको सांघाइ र ग्वान्जाओमा पार्कमा राखिने छ । २०७३ साल असारमाअधिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैँडा उपहार दिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics