चीन पठाउन केटो नियन्त्रणमा

उपहास्वरुप चीन पठाउनको लागि शनिबार साँझ एउटा केटो (गैँडाको बच्चा) प्राविधिकहरूले नियन्त्रणमा लिएका छन् ।  तीन दिनको निरन्तर प्रयास र तयारीपछि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट केटोलाई नियन्त्रमा लिइएको हो ।जंगलमा रमाएको केटो अहिले चितवनको रत्नगरमा स्थित खोरमा ल्याएर राखिएको छ ।

निकुञ्जका अनुसार, नियन्त्रणमा लिइएको केटोको उमेर दुई वर्ष छ । बाढीबाट उद्धार गरिएको एक केटोलाई चीन पठाउन प्रस्ताव गरिएको छ । चीन पठाउनको लागि अब दुई वटा पोथी गैँडा खोज्न कार्य जारी रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याले बताए । गैँडा खोज्ने टोली दिनरात नै जंगलमा बसेर खोजी गरिरहेका छन् । गत बुधबारदेखि नै करिब ५० जनाको समूह गैँडा खोज्न जंगल घुमिरहेका छन् ।



बैशाख चार गते देखि नै नेपालको गैँडाको बारेमा प्रत्यक्ष समातेको हेर्न र थप बुझनको लागि चीनका पशु चिकित्सक नेपाल आएका छन् । चीनको पशु चिकित्सकले चितवन बसेर गैँडा समातेको र अन्य कुराको जानकारी लिइरका छन् ।

नेपालको गैँडा चीनको सांघाइ र ग्वान्जाओमा पार्कमा राखिने छ । २०७३ साल असारमा अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहारस्वरुप दिने निर्णय गरेको थियो । यसअघि तत्कालीन शाही सरकारले २०६२ फागुन १६ मा अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैँडा उपहार दिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics