मुस्ताङ्मा स्याउ उत्पादन बढ्दै



हिमालपारीको जिल्ला मुस्ताङको मार्फा गाउँलाई स्याउको राजधानीको रूपमा चिनिन्छ । जहाँ पछिल्लो समय स्याउ उत्पादन समेत बढ्दै गएको छ ।

मुस्ताङमा यस वर्ष १२ सय हेक्टर जमिनमा स्याउ खेति गरिएको छ । जसमध्ये ४ सय १५ हेक्टर जमिनमा ५३ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

त्यस्तै गतवर्ष ४८ सय मेट्रिक टन स्याउ उत्पादन भएको हो । यहाँ उत्पादित स्याउ खरिद गर्न स्याउ फल्नु २ महिना अगावै कृषकको बगैँचामा नै पुगेर व्यापारीहरू स्याउ बुकिङ गर्ने गर्छन् ।

स्थानीय कृषकहरूका अनुसार व्यापारीहरूले बगैचामानै पुगेर प्रतिकेजी ८० देखी ९० रुपौयाँ केजीसम्म खरिद्ने गरेको बताउँछन् । मुस्ताङमा भदौदेखि कात्तिक महिनासम्म स्याउ कारोबार हुने गरेको छ ।चालु आर्थिक वर्ष मुस्ताङ्मा ४० करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएर जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङ्मा गोल्डेन डेलिसियस्, रोयल डेलिसियस्, फुजी, रिचा रेड डेलिसियस्, रेड डेलिसियस्लगायतका १३ प्रजातिका स्याउहरूको खेति गरिन्छ ।

जिल्लाको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ्, टकुचे, जोमसोम, कागवेनी, पाक्लिङ्, लुप्रा, ताम्बे र छुसाङ गाउँ आदी स्थानमा स्याउको राम्रो खेति हुने गरेको छ ।

स्वादमा कहलिएका मुस्ताङ्को स्याउ स्वदेशमा मात्र नभई विदेशमा समेत प्रख्यात छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics