गाईभैसीको सडकमा कन्त विजोग

उत्पादन दिंदासम्म प्यारो लाग्ने गाईभैसीले बिस्तारै उत्पादन दिन छाडेपछि आफ्नै पालकबाट वहिष्करणमा पर्छन् । राजधानीको पेप्सीकोला सडकमा यस्तै दृश्य भेटिएको छ । रेखदेख र संरक्षण नहुँदा यस्ता गाईभैसी सडकका मुख्य सडक र चोकहरूमा बिचरण गर्न बाध्य हुन्छन् । यसरी सडकको मुख्य भागमै आफ्नो आश्रय स्थल बनाउँदा सर्वसाधारणका साथै सडकमा कुद्ने सवारी साधनलाई पनि अवरोध सिर्जना हुँदै आएको छ । सडकमा कुद्ने सवारी साधनबाट यस्ता गाईभैसीलाई दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics