यसरी खेलौं प्राकृतिक होली

आज र भोली हामी रंगको चाड होली मनाउदैछौं । होली भन्ने वित्तिकै रंगमा रमाउछौं । रंगमा डुबुल्की मार्छौं । तर हामीले होली खेल्दा प्रयोग गर्ने रंग कस्तो छ भन्ने वारेमा भने खासै ध्यान दिएका हुदैनौं ।
प्राकृतिक  रंग प्रयोग गर्नुको सट्टा आजभोली बजारको कृतिम रंगमै हामी रमाइरहेका छौं । रंगको यो पर्वमा हामीले ध्यान दिनै पर्ने केही महत्वपूर्ण विषय छन् । जसले हामीलाई वातावरणमैत्री होली मनाउन सहयोग त गर्छ नै स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरसमेत कम गर्नेछ।

होलीमा रासायनिक रङको उपयोग गर्नु छाला र शहरीका अन्य भागका लागिसमेत खतरनाक हुन्छ । त्यसैले प्राकृतिक रङको प्रयोग गरौं ।

कृत्रिम रङ, अविर र लोला प्रयोग नगरौं ।

रंगमा खतरनाक रसायन प्रयोग हुन्छ । यसकारण, होली खेल्दा रंग तथा अबिर शरीरका संवेदनशिल अंगमा नदलौं । मुख, आंखा र कानभित्र जान दिनु हुँदैन ।

छाला पोल्ने, छालाको रङ बदलिने, सुक्खा हुने, पिल्सिने आदि हुन सक्छ । म्ुखबाट भित्र पस्यो भने स्वास्थयमा अरु असर देखिन सक्छ ।

विभिन्न रसायन छालामार्फत भित्री सतहमा पुग्छन् र छालामा विभिन्न समस्या उत्पन्न हुनसक्छ । जस्तै, छालामा बिमिरा देखिने, एलर्जी हुने समस्या आउन सक्छन् ।
होलीमा उपयोग गरिने रङमा रसायन, विषाक्त पदार्थको उल्लेख्य परिमाण हुन्छ । कृत्रिम रंगको रुपमा माटो, चुन, सिसा, मर्करीजस्ता तत्व मिसाइएको हुन्छ ।

होली खेल्दा शरीरको धेरैजसो भाग छोपिएको लुगा लगाउनुस् ।

रंग खेल्नुअघि शरीरका संवेदनशिल भागमा क्रिम तथा अन्य मोस्टराइज प्रयोग गर्नुपर्छ । जसले छालामा रंग रहिरहदैन ।

रंग खेलेपछि राम्ररी नुहाउनुपर्छ । पहिले रंग झारेपछि मात्रै नुहाउनु उत्तम हुन्छ ।

-विज्ञहरुको सुझावका आधारमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics