पाथीभरामा केबलकार : प्रश्नै–प्रश्नको घेरामा निर्माण पक्ष, बार्ता समितिमा रहने नै छन् बेखबर

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद उत्पन्न भएको लामो समय भयो । विभिन्न समिति बनाएर केबलकार निर्माणको बिपक्षमा आन्दोलन हुनथालेपछि बुधबार बसेको पाथीभरा क्षेत्र विकास समितिले एक निर्णय गर्‍यो – ‘विवाद समाधान गर्न बार्ता समिति गठन गर्ने ।’

बैठकको प्रस्ताव नंबर – ३ मा सो प्रस्ताव राख्दै जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा नौं सदसीय समिति गठन पनि भयो । त्यहीँ गठित समितिको सार्वजनिक नामावलीको ५औं नंबरमा छन् फक्ताङलुङ गाउँपालिकाका प्रमुख राजन लिम्बू (मुक्ति) । लिम्बु अध्यक्ष रहेको गाउँपालीकाको क्षेत्र पनि पाथीभराले छुन्छ । यो गाउँपालिका पनि केबलकार बने, प्रभावित क्षेत्रमै पर्छ ।



तर, उनले नै माघ २ गते जिल्ला समन्वय समिति ताप्लेजुङ र जिल्ला प्रशासन कार्यालयलाई एक ज्ञापन पत्र लेख्दै हाल सम्म आफ्नो गाउँपालिकासँग सल्लाह र समन्वय नै नगरी केबलकार निर्माणको विषय अघि बढाएको भन्दै आपत्ति जनाएका थिए । सहकार्य नगरेकाले निर्माण प्रकृया तत्काल रोक्न उनले ज्ञापन पत्र मार्फत नै चेतवानी समेत दिएका थिए ।

ज्ञापन पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा मुकुम्लुङ पाथीभरामा निर्माणधीन केबलकार आयोजनाको क्षेत्र यस फक्ताङलुङ गाउँपालिकाको भू–भागमा समेत पर्ने तर सो आयोजनाले फक्ताङलुङ गाउँपालिकालाई कुनै पत्राचार, जानकारी र सूचना प्रवाहबिना निर्माण प्रक्रिया अगाडी बढाईरहेको सन्दर्भमा अब उपरान्त फक्ताङलुङ गाउँपालिकासँग समन्वय, सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु÷गराउनु हुन यसैपत्रसाथ ज्ञापनपत्र पेश गर्दछु ।’ अहिले यो ज्ञापन पत्रलाई पनि सामाजिक सञ्जालमा ‘भाइरल’ गराइँदै छ ।



२ गते मंगलबार अध्यक्षले ज्ञापन पत्र लेखे/बुझाए । तर, त्यसकै भोलिपल्ट बुधबार ३ गते उनी बार्ता समितिमा नै बसेर समस्या समाधानमा कसरी लागिपरे ? अर्थात् यो विषयको पक्षमा मिले ? स्थानीय यस्तै प्रश्न गर्छन् । भन्छन्, ‘केबलकार कम्पनीले जनप्रतिनिधि च्याप्प समाएकै हो ? मिलाएकै हो ?’

अहिले अर्को प्रश्न पनि सामाजिक सञ्जालमा छरपस्ट छ । प्रश्न हो, ‘केबलकार कुनै कम्पनीले बनाउने, अनि बार्ता समितिमा एक जना बाहेक अधिकांश सरकारी र जनप्रतिनिधी कसरी ? उनीहरू त बनाउने पक्ष हैनन् र ? बार्ता समितिमा त बिचको मान्छे हुनुपर्ने हैन र ?’ पछिल्लो समय यस्ता प्रश्नले सामाजिक सञ्जाल तातिन थालेका छन् । ताप्लेजुङमा यसकै विषयमा चचै–चर्चा छ । प्रश्नै–प्रश्नको घेरामा पाथीभरामा पनि केबलकार निर्माण गर्ने तम्सिएका चन्द्र ढकाल परेका छन् ।

के भन्छन् फक्ताङलुङका अध्यक्ष ?

जिल्लामा विकास निर्माणका काम हुँदा यसरी प्रश्न आउनु स्वभाविक पनि हो । पहिले आपत्ती जनाउँदै ‘काम रोक्न’ भन्ने फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष कसरी बार्ता समितिमा बसे, त्यो पनि निर्माणको पक्षमा ? उनी आफै उत्तर दिन्छन्, ‘त्यो सदरमुकामको कुनै कोठामा बैठक बसेर निर्णय भयो होला, मलाई केही जानकारी छैन । एकतर्फी रूपमा गरेको निर्णय मान्य छैन ।’

उनी केबलकार निर्माण गर्ने, नगर्ने भन्दा पनि कसरी यो कामलाई अघि बढाइएको छ भन्ने कुरा मुख्य रहेको बताउँछन् । भन्छन्, ‘केबलकार बन्नुपर्छ । विकास हुनु पनि पर्छ । तर, कुनै केही व्यक्तिको कब्जामा हैन । त्यो सार्वजनिक रूपमा स्थानीयको पनि अपनत्व हुनेगरी हुनुपर्छ । स्थानीय तहमा सार्वजनिक सुनुवाई र छलफल भएर हुनुपर्छ ।’

अध्यक्ष लिम्बुले केबलकार निर्माण प्रा.ली. केही व्यक्ति र नेता समाएर मात्रै दौडने प्रयास गरेकोमा आपत्ती समेत जनाए । भने, ‘अहिले स्थानीय तहलाई पनि त आफ्नो अधिकार क्षेत्रमा कसरी विकास गर्नुपर्छ ? भन्ने विषयमा अधिकार दिएको छ नि । किन यो कुरालाई बेवास्था गरिँदैछ ?’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics