ऊर्जा र यातायातमा अमेरिकाको ५२ अर्ब सहयाेग



नेपालको ऊर्जा तथा यातायातको विकासमा अमेरिकाले ५२ अर्ब रुपियाँ (५० करोड अमेरिकी डलर) सहयोग सहयोग गर्ने भएको छ ।

मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) परियोजनाअन्तर्गत दिन लागिएको सहयोगबाट नेपालमा विद्युत् प्रसारण लाइन र सडक पूर्वाधार निर्माण गरिने छ ।

परियोजनाअन्तर्गत तीन सय किलोमिटर लामो पूर्व–पश्चिम ‘हाईभोल्टेज’ प्रसारण लाइन निर्माण गर्ने नेपाल र भारतबीच विद्युत् व्यापारका लागि बनाउन लागिएको बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनेछ । सम्झौताअन्तर्गत नेपालको सडकहरूको स्तरोन्ति तथा नयाँ सडकसमेत निर्माण गर्ने योजना छ ।

एमसीसीले तीन वर्षअघि नै नेपाललाई सूचीमा राख्दै दुई सय मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता सुरुमा व्यक्त गरेको थियो । कूटनीतिक पहल र एमसीसी नेपालका अधिकारीले विद्युत् प्रसारण लाइनरसबस्टेसन निर्माण र सडक सञ्जाल विस्तारको आधार प्रस्तुत गरेपछि अमेरिकाले दुई सय मिलियन थप दिने भएको हो ।

सन् २०१४ डिसेम्बरमा अमेरिकाले नेपाललाई सहयोग ‘रोस्टर’ मा राखेरै विभिन्न क्षेत्रको अध्ययन र छलफल गरेको थियो । विभिन्न क्षेत्रको अध्ययनपछि नेपाल सरकार र मिलेनियम च्यालेन्ज कोअपरेसन बीचको छलफलबाट जनतामा पहुँच र गरिबी निवारणका लागि प्रसारण लाइन र सडक सञ्जाल विस्तार रोजिएको हो ।

अमेरिकाले दिन लागेको यो सहयोग अहिलेलसम्मकै सबैभन्दा ठूलो हो । यी परियोजनाका लागि अमेरिकाले दिने ५२ अर्ब रुपियाँबाहेक अपुग १३ अर्ब रुपियाँ नेपाल सरकारले जुटाउने अर्थ मन्त्रालय वैदेशिक सहायता महाशाखाका प्रमुख सहसचिव वैकुण्ठ अर्यालले बताए । उनले अमेरिकी सहायता प्राप्तिका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको जानकारी दिए ।

सन् २००४ मा स्थपित यो परियोजनामार्फत अमेरिकाले गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोग गर्दै आएको छ । मुख्यतः कृषि, शिक्षा, ऊर्जा, स्वास्थ तथा सिँचाइको क्षेत्रमा अमेरिकाले विकासशील राष्ट्रहरूलाई सहयोग गर्दै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics