नेपालसंग मिलेर विकासका काम गरिन्छ : माेदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतका साझेदारीका विविध आयामहरु ऊर्जा, जल संशाधन, कनेक्टिभिटी परियोजना तथा भूकम्पपछिको पुनर्निर्माणमा मिलेर काम गरिरहेको बताए ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले विकासका कार्यहरु नेपाल भारत मिलेर गरिरहेको र अझै मिलेर गर्ने बताएका हुन् ।

नेपालमा भारतको सहायतामा चलिरहेका विकास परियोजनाहरु हुलाकी रोड, सीमापार ऊर्जा ‘ट्रान्समिसन लाइन’, संयुक्त चेकपोस्टमाथि काम गर्न पाएकोमा खुसि व्यक्त गरेका छन् । उनले कटैया - कुशाहा, रक्सौल - परवानीपुर ट्रान्समिसन लाइनको उद्घाटन गरेका छन् । त्यसबाट भारतले नेपाललाई दिइरहेको करिब तीन सय ५० मेगावाट बिजुलीमा करिब सय मेगावाट थपिएको छ ।

पहिलेदेखि नै निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई समय सीमामै सम्पन्न गर्नका लागि आफ्नो प्रयास अझ बढाइने आश्वासनसमेत दिए । अरुण तेस्रो जलविद्युत परियोजनामा नेपालमा रहेको जमीनसम्बन्धि विवाद सुल्झेकामा खुशी व्यक्त गरे ।

नेपालमा आएको बाढीको सन्दर्भमा भारतको तर्फबाट सहायता गरेको बताउँदै सीमा बाँध नियन्त्रणका लागि समन्वय र परामर्शलाई अझ मजबुत बनाइने जानकारी दिए । उनले आपसी हीतलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानका लागि सोच्नु आवश्यक रहेको बताए ।

मोदीले भने, ‘नेपाली जनता र नेपाल सरकारको प्राथमिकताहरुलाई ध्यानमा राख्दै नेपालको विकासमा आफ्नो साझेदारी बढाउनका लागि भारत पूर्ण रुपमा प्रतिबद्ध छ ।’ यो उद्देश्य प्राप्तिका लागि हामी कयौं त्यस्ता आर्थिक, कनेक्टिभिटी र विकास परियोजनामा सहमति जुटेको र त्यो नेपालको राष्ट्रिय प्राथमिकता पनि भएको बताए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics