पोखरा विमानस्थल विस्तारलाई तीव्रता दिइयो




सरकारले पोखरास्थित अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण कार्यलाई गति प्रदान गरेको छ । अन्तर्राष्ट्रिय स्तरको विमान स्थल निर्माण गर्न सरकारले उक्त विमान स्थललाई विस्तार गर्ने काम सुरु गरेको छ । त्यसका लागि जग्गा सम्याउने कामलाई तीव्रता प्रदान गरिएको हो ।

सरकारले विमानस्थलको विस्तार गर्ने जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीलाई दिएको छ । सोही कम्पनीका कामदार जग्गा सम्याउने काम सुरु गरेको हो ।

आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादबकाअनुसार डोजर, एक्साभेटर, लोडर र टिपरको सहयोगमा जग्गा सम्याउने काम सुरु भएको हो ।

कम्पनीका प्रमुख जेरी याङका अनुसार यो वर्षको हिउँदसम्ममा विमानस्थलको जग्गा सम्याउने कामलाई सम्पन्न गरिनेछ । त्यसपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको कामलाई तीव्रता दिइनेछ ।

अहिले सयजनाभन्दा बढी चिनियाँ मूलका प्राविधिक र नेपाली कामदारको सहयोगमा धमाधम विस्तार गर्ने काम भइरहेको उनले बताए । कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ ।

चिनियाँ एक्जिम बैंकको करिब रु २२ अर्बको ऋण सहयोगमा निर्माण सुरु गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य छ ।

२०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तीन हजार १ सय ६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । अपुग भएको ६ सय २९ रोपनी जमिन थप अधिग्रहण गरिएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics