विमस्टेकको सहयोगमा बिकास गर्न सक्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको सहयोगमा नेपालको विकासको क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने जानकारी दिएका छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ९विमस्ेटक० का महासचिव सहिदुल इस्लामसँग बिहिबार बिहान शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकाश र समृद्धिको माध्यमको बनाउनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले विमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । प्रधानमन्त्री ओलीले विमस्टेक सञ्चालनका लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने जानकारी दिए ।

केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउनु पर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिए । “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ । विमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ, ” प्रधानमन्त्री ओलीले भने ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics