स्वच्छ सास फेर्न विश्वका मान्छे काठमाडौं आउँछन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवर्ष्भित्रमा काठमाडौंलाई धुलो धुँवामुक्त बनाउने बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “जनताको स्वास्थ्यभन्दा ठूलो केही हुँदैन । सरकारको ध्यान सुशासन र विकासमा छ । यसबाट हामी समृद्धि हासिल गर्छौं । समृद्ध नेपाल र सुखी नेपाली हाम्रो ध्यान हो । ढुक्क हुनुस् देश र जनताप्रति सम्पूर्ण निष्ठाका साथ काम गर्छु । त्यसमा तलमाथि हुँदैन र २ वर्ष्भित्रमा काठमाडौंलाई स्वच्छ बनाउँछु । त्यसपछि विश्वका मान्छेहरु सास फेर्नका लागि काठमाडौं आउँछन् ।”

प्रधानमन्त्री ओलीले देश बनाउने एउटा वर्ग सधैं शास्त्र पढेर बस्ने गरेको भन्दै देश बनाउने जिम्मा युवाको काँधमा आएको पनि बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics