निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अघि बढाउने निर्णय


निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि सरकारले तत्काल आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको छ । विमानस्थल आयोजना निर्माणका लागि गठिन अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न क्रियाशिल उच्चस्तरीय सहजीकरण समितिको आइतबार बसेको बैठकले यसअघि भएका संझौता तथा निर्माणसंग सम्बन्धित निर्णय तथा काम तत्काल अघि बढाउने सहमती गरेको हो ।


विनमास्थलको निर्माण अघि बढाउनका लािग नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको समझदारी पत्र अनुसारका तत्काल काम अघि बढाउने निर्णय भएको छ । सेनासंगको संझौताको समय सकिएका कारण संझौताका म्यादसमेत थप गरी विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानीका काम अघि बढाउने निर्णय भएको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । प्राधिकरण र नेपाली सेनाबीच २०७४ भाद्र १९ गते संझौता भएको थियो । सो संझौताको म्याद सकिइसकेको छ ।


त्यस्तै गरी वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढद्वारा आसपासको बाटो निर्माणका निम्ति गणना गरिएका ४,२३२ वटा रुखहरुको कटान–स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने । साथै, विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत नम्वरीङ कार्य तत्काल अघि बढाउने विषयमा पनि सहमती भएको छ ।


विमानस्थल निर्माणको लागि लगानी बोर्डले निश्चित सयम सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गरी अघि काम अघि बढाउने निर्णय भएको छ । समितिका संयोजक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृया शीघ्र सम्पन्न गर्ने निर्णय पनि भएको छ । समितिमा सरोकारवाला सबै मन्त्रालयका प्रतिनिधीको सहभागिता रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics