यो हो अब नेपालको आधिकारिक नक्सा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्बाट लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

नेपालको नक्सामा छुटाइएका गुन्जी, नाभी, कुटी लगायतका भूभाग समेटी ती भूभाग समेत देशको सिमानाभित्र पर्ने गरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक, राजनितिक, प्रशासनिक नक्सा तयार गरी प्रकाशन गरिएको छ,' नक्सा सार्वजनिक गर्दै मन्त्री पद्मा अर्यालले भनिन्।

अब उप्रान्त नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकहरूमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग गरिने समेत उनले बताइन्।

नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम बुधबार नेपाल टेलिभिजन मार्फत सार्वजनिक गरिएको हो। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics