यस्ता छन् बजेटमा वन -वातावरणका कार्यक्रम



सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेटमार्फत वन, वातावरण तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनका लागि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।

बजेटमा समावेश भएका कार्यक्रमहरु यस प्रकार छन् ।


  • मौसम पूर्वानुमानलाई थप विश्वसनीय बनाउने ।

  • आगामी वर्ष थप दुई स्थानमा राडर जडान गरिने ।

  • वन सम्पदानमार्फत आय आर्जन गरिनेछ ।

  • बैज्ञानिक वन व्यवस्थापनमा जोड दिइनेछ

  • सरकारी आयोजनाले वनको जग्गा प्रयोगगरेबापत क्षतिपूर्ती उपलब्ध नगराउने । सार्वजनिक झाडी र पर्ती जग्गा वा स्थानीयमा वृक्षारोण गर्नुपर्ने।

  • जडिबुटीको खेतीलाई जोड दिदै विशेश निर्यातमा जोड दिइने ।

  • कर्णालीमा जडिबुटी उत्पादनमा विशेष जोड दिइनेछ ।

  • राष्ट्यि निकुञ्ज, आरक्षण क्षेत्र, उद्यान, शिकार आरक्ष, तथा सामुदायिक वनहरुलाई प्रकृतिमा आधारित पर्यटकीय क्षेत्रका रुपमा विकास गरिनेछ

  • लोपोन्मुख वन्यजन्तु तथा वनस्पतीको संरक्षणमा विशेष जोड दिइनेछ

  • वन्यजन्तुको वासस्थानको संरक्षणमा जोड दिइनेछ

  • मानव वन्यजन्तु द्धन्द्ध कम गर्ने विशेष कार्यक्रम ल्याइएको छ ।

  • चुरे संरक्षण क्षेत्रका लागि १ अर्ब ५५ करोड बजेट छुट्याइएको छ ।

  • वातावरणका अन्तर्राष्टिय सन्धी संझौताप्रति सरकार सचेत छ ।

  • जल, वायु तथा ध्वनी प्रदूषणका मापदण्ड संशाधन गर्दै थप कडाइ गरिनेछ ।

  • शहरहरुलाई हरित शहरका रुपमा विकास गरिनेछ ।

  • जलवायु परिवर्तनको जोखिम कम गर्ने प्रकारका कार्यक्रममा जोड दिइएको छ ।

  • कार्वन व्यापारका लागि रेड प्लस कार्यक्रमलाई निरिन्तरता दिइनेछ ।

  • वन्यजन्तु तथा जलवायु परिवर्तनका विषयमा अध्ययन अनुसन्धान अनुसन्धानमा जोड दिइएको छ ।


 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics