ताप्लेजुङ समाजको अध्यक्षमा पुनः तुम्बाहाम्फे निर्वाचित


काठमाडौ – डम्बरबहादुर तुम्वाहाम्फे पुनः ताप्लेजुङ समाज नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न दोश्रो अधिवेशनले तुम्वाहाम्फेलाई पुनः अध्यक्षमा चुनेको हो ।

समाजको बरिष्ठ उपाध्यक्षमा भने रमेश बराल निर्वाचिन भएका छन् भने, उपाध्यक्षहरुमा अग्नी पौडेल, चैतन्य तुम्वाहाम्फे, हरिप्रसाद थापा र गणेश न्यौपाने निर्वाचित भए । यस्तै महासचिवमा देउमान विष्ट निर्वाचित हुँदा उपमहासचिवहरूमा मिङमाकामी शेर्पा, योगेन्द्रकुमार नेयाङ, मानबहादुर थलङ, प्रकाश ईवाराम, मिङमादोर्ची शेर्पा, गुरुप्रसाद खतिवडा र छत्रबहादुर कार्की निर्वाचित भएको समाजले जनाएको छ ।

त्यस्तै सचिवहरुमा सुजता पन्दाक, खड्गप्रसाद पौडेल औध सामेखाम, निर्मला लिवाङ, कृष्ण केदेम, ईन्द्रप्रसाद कडरिया, बिष्णु सुवेदी, भिम सेम्वो र सीता पौडेल दाहाल रहेका छन् । समाजका अनुसार कोषाध्यक्षमा बीरेन्द्रकुमार दाहाल र सह कोषाध्यक्षमा अमृता नेपाली निर्वाचित भए ।

अधिवेशनले ताप्लेजुङको पालिकाको प्रतिनिधित्व हुने गरी सदस्यहरु पनि निर्वाचित गरेको छ । जस्मा फुङलिङबाट जगतबहादुर पालुङवा र शान्ति ईजम, फक्ताङलुङबाट दुशान्त दाहाल, चन्द्रा भट्टराई पौडेल, मिक्वाखोलाबाट चन्द्रहाङ लिम्बु र सुमना लिम्बु, मेरिङदेनबाट विष्णु शेर्पा र रुपमान लिम्बु, मैवाखोलाबाट मोहन लिम्बु र लोकमान लिवाङ–लोकश, आठराईत्रिवेणीमा धनमाया आङबुहाङ र निराजन नेपाली सिदिङवामा विक्रम लिम्बु र सृजना ताम्लिङ सिरिजंघमा मिङमा भोटिया र सुवास थेवे निर्वाचित भएको उपाध्यक्ष अग्नी पौडेलले जानकारी दिए ।

त्यस्तै खुल्ला सदस्यमा धनमाया पाङमा, भिम सेनेहाङ र ताराहाङ लिवाङ निर्वाचित भएका छन् । महिला सदस्यहरुमा सरुमाङमु लिम्बु, पवित्रा वनेम र रविना पन्दाक निर्वाचित भएको समाजले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics