ठूलो दुर्घटनाबाट बच्दै गन्तव्य तर्फ लाग्यो फ्लाइ दुबईको जहाज



काठमाडौं - काठमाडौंबाट दुवईका लागि उडेको विमानमा उड्नासाथ समस्या देखिएको भए पनि पछि सबै ‘प्यारामिटर’ नर्मल रहेको भन्दै गन्तव्यतर्फ लागेको छ ।

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार आकस्मिक अवरतणको सबै तयारी पूरा गरिएको थियो ।अन्य गन्तव्यतर्फबाट आएका जहाजलाई एकैछिन रोकेर फ्लाई दुवईको जहाज अवतरणको तयारी गरिएको थियो ।

तर पछि जहाजले ‘आफ्ना सबै प्यारामिटर नर्मल’ अवस्थामा रहेको भन्दै गन्तव्यतर्फ लागेपछि अन्य जहाजहरु अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics