२ वर्षमा भारतलाई विजुली बेच्छौ‌ : कुलमान



नेपालले अबको २ वर्षमा भारतलाई बिजुली बेच्ने लक्ष्य राखेको छ । नेपालभित्रै पर्याप्त बिजुली निकाली भारतलाई बिजुली बेच्ने गरी काम भईरहेका दावीे नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका छन् ।

भारतबाट बिजुली ल्याउँदा अहिलेको समयमा लोडसेडिङमा केही कमी आएको भएतापनी प्राधिकरणले अबको २ वर्षमा भारतबाट बिजुली ल्याउने होइन भारतमा बेच्ने लक्ष्य राखेको छ । घिसिङले शुक्रबार विहान फेसबुक स्टाटस लेखेका छन् ।

                                                                                      घिसिङको फेसबुक स्टाटस


‘अहिले भारतबाट बिजुली ल्याएर लोडसेडिङ घटाएका छौँ । सँधै भारतबाटै बिजुली ल्याएर लोडसेडिङ हटाउने हाम्रो लक्ष्य होइन ।’ अहिले विद्युत प्राधिकरण लोडसेडिङ हटाउने अभियानमा लागिरहेको छ ।

प्राधिकरणका अनुसार अहिले भारतबाट ४ सय ८० मेगावाट बिजुली ल्याएको छ । ‘यहि अवस्थामा काम हुँदै जाने हो भने अबको २ वर्षमा हामीले भारतबाट बिजुली ल्याइराख्नु पर्दैन, हामी आफैँ भारतलाई बिजुली बेच्न सक्ने हुन्छौँ’ ।

भारतबाट केही बिजुली नदिनालाको सन्धी सम्झौता अनुसार निशुल्क पाइएको छ भने अन्य आवश्यक पर्ने बिजुली किनेरै ल्याइएको हो ।

घिसिङले भनेका छन् ‘भारतबाट किनेरै ल्याएको भएपनि लोडसेडिङमा कमी आएको छ । जसका कारण उद्योग धन्दाहरु निरन्तर चलिरहेका छन् । यसले गर्दा उद्योग धन्दाहरुको व्यापारमा उल्लेख्य सहयोग पुगेको उनको दावी छ । उद्योग धन्दामात्र नभई लोडसेडिङ हट्नाले जेनेरेटर, सोलार, इन्भर्टरका लागी बाहिरिने अरबौ रकम समेत जोगिएको छ ।

गत वर्षहरुमा हिउँद सुरु भएसँगै दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । यो वर्ष भने घिसिङले बिजुलीको खपतलाई धेरै ओराले लाग्न दिएका छैनन् ।

घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि सबै ठाउँमा लोडसेडिङ घट्यो । काठमाडौंसहित पोखरा र चितवनमा लोडसेडिङ अन्त्यको घोषणा नै भइसकेको छ ।

कुलमान नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनेपछि स्पष्ट रुपमा देखिने सुधारका धेरै प्रयासहरु भएका छन् । यो प्रयासबाट प्राधिकरणको वित्तीय अवस्था समेत उकालो लागेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics