जैविक विज्ञानको महत्व बुझ्न डिएनए डे
- नेचर खबर

जैविक विज्ञानमा विद्यार्थीको संलग्नता बढाउन डिएनए दिवस मनाइने भएको छ । जैविक प्रविधि समाज नेपाल दुइ दिन कार्यक्रम आयोजना गरेको छ । हरेक बर्ष अप्रिल २५ मा डिएनए दिवस मनाउने गरिन्छ । यहि दिवसको अवसर पारेर नेपालमा अप्रिल २४ र २५ मा नास्टमा कार्यक्रम हुने भएको छ ।
यस कार्यक्रम काठमाडौं विश्वविद्यालय , त्रिभुवन विश्वविद्यालय र नास्ट लगायतको सहयोगमा आयोजना हुन लागेको हो ।
नेपालमा डिएनए डे मनाउन जैविक प्रविधी समाज नेपालले सुरु गरेको हो । जैविक प्रविधि समाज नेपालले सन् २००८ देखी यो दिवस मनाउन थालेको हो । २००९मा डिएनए डकुमेन्ट्री सो , २०१२मा जैविक प्रविधी सम्मेलन ,२०१३मा दुई दिने जैविक प्रविधी फेयर र त्यसैगरी २०१४ र २०१६ मा पनि मनाएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य भनेको विज्ञान बाहेक अरु संकायका विद्यार्थीलाई पनि जैविक विज्ञानको बारेमा बुझाउने मुख्य रहेकोे जानकारी आयोजकले दिएका छन् ।
कार्यक्रममा निवेदन प्रतियोगिता, डिएनए मोडल प्रतिस्पर्धा, विज्ञान सम्बन्धि विविध भिडियो, डिएनए र प्रविधितर्फ विभिन्न अनुसन्धानकर्ताको प्रस्तुती लगायतका कार्यक्रम समावेस गरिएको छ ।
जैविक प्रविधिको क्षेत्रमा लगानीको वातावरण निर्माण गर्नका साथै जैविक प्रविधिको राष्ट्रिीय तहमा अध्ययन अनुसन्धानमा सरकारको ध्यान आकर्षण गर्नका लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको बायो टेक्नोलोजि सोसाइटि अफ नेपालका अध्यक्ष नविन नारायण मुनंकर्मी जानकारी दिए ।
कार्यक्रमको अवसरमा विभिन्न विज्ञान र प्रविधिसँग संलग्न विविध व्यक्तिहरुलाई अवार्ड प्रदान गरिने छ । रिसर्च साइन्टिस्ट अवार्ड, बेस्ट बेस्ट बायोटेक स्टुडेन्ट अवार्ड , प्रेरणादायी व्यक्ती र विभिन्न प्रतिस्पर्धाको विजेतालाई अवार्ड दिइनेछ । कार्यक्रममा जैविक प्रविधिको बारेमा जानकारी दिने विभिन्न स्टल समेत राखिनेछ । डिएनए डबल हेलिक्स पत्ता लागेको ५० वर्षको उपलक्ष्यमा सन् २००२ अप्रिल २५ देखी विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस