मेलम्ची खानेपानीमा भ्रष्टाचार : ३ पूर्व सचिवविरूद्ध मुद्दा

काठमाडौं – मेलम्ची खानेपानी आयोजनामा कामै नगरी भुक्तानी दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १७ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरिएकामा परामर्श दाता र ठेकेदार कम्पनी पनि छन् । आयोगले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार मेलम्ची आयोजनाको निर्माण व्यवसायी सिएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगले तत्कालीन मेलम्ची आयोजना बोर्डका तत्कालनीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव सञ्जय शर्मा, अर्थमन्त्रालयका तत्कालीन सह–सचिव मुकुन्दप्रसाद पौडेलविरूद्ध पनि मुद्दा दर्ता गरेको छ ।

उनीहरूबाट ६ करोड ९७ लाख ८२ हजार १७८ रूपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यक्षसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

मेलम्ची खानेपानी बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ बिगो माग दाबी गर्दै उनीविरूद्ध पनि मुद्दा दायर गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics