हिराको मुल्यमा बिक्री हुने बुद्धचित्तको के छ महत्त्व ?
- नेचर खबर
काठमाडौं – बोधिचित्त लाई बुद्धचित्त पनि भनिन्छ । यो बयरको प्रजातिको वनस्पति हो । यसको वानस्पतिक नाम ‘जिजिफस स्पेसी’ हो । काभ्रेको रोशी गाउँपालिका– ५ नागबेलीमा रहेको ठकुरानी तामाङको बुद्धचित्तको रुख अपराधिक समुहले केही दिन अघि काटेपछि यसको चर्चा र महत्त्व अझै चुलिएको छ ।
के छ महत्त्व ?
यसको काठ, पात, फल र दाना सबै नै धार्मिक प्रयोजनमा उपयोग हुन्छ । नेपाल लगायत दक्षिण एसिया तथा मध्य एसियामा पाईने यो वनस्पतिको दानाको माला पनि लामा गुरु र तामाङ समुदायले जप–ध्यान गर्न प्रयोग गर्छन् ।
नेपालको काभ्रेपलाञ्चोक जिल्लामा यो बढी पाइन्छ र व्यवसायिक रूपमा संरक्षण र खेती पनि गरिएको छ । झट्ट हेर्दा यो बयरकै बोट जस्तो देखिन्छ । यो वनस्पति नेपालमा बाहेक संसारका कुनै ठाउँमा पनि पाईदैन । किम्बदन्ती अनुसार बुद्धले तीन स्थानमा रोप्न भनी छाडेको बीउहरू मध्ये लुम्बिनी र नमोबद्ध क्षेत्रको छरिएको बीउहरू मरेर गएको तर काभ्रेकै तिमाल क्षेत्रमा विरुवा हुर्की राम्ररी पmस्टाएको भन्ने भनाई छ । अर्को किम्बदन्ति अनुसार तिब्बती गुरु पद्मस म्भवले आफू तपस्याका लागि तिमाल आउँदा रोप्न भनी बीउ छाडेका भन्ने भनाई छ ।
परम्परागत रूपमा यसको खेती तिमाल क्षेत्रमा मात्र गरिन्थ्यो । नातागोता, इष्टमित्र र आफन्तहरूलाई उपहारको रूपमा बिउ र बिरुवाहरू दिने गरिएकाले तिमाल आसपासका गाउँहरू जस्तै महाभारत श्र्रीड्खला, काभ्रेकै कोशी पारीका गाउँहरू, रामेछाप, सिन्धुली, दोलखा आदि ठाउँहरूमा पनि केही दशक अघिदेखि अलि–अलि फैलिएको छ ।
यसको धार्मिक तथा आर्थिक महत्त्व दिनप्रतिदिन बढ्दो छ । विश्व बजारमा यसको माग धेरै बढेकाले अहिले नेपालका लगभग सबैजसो जिल्लाहरूमा यसको खेती गरिन थालिएको छ । काठमाडांैका विभिन्न स्थानहरूमा बोधिचित्त फलिसकेकाले काठमाडाैं उपत्यका र यस्तै हावा पानि हुने अन्य स्थानमा पनि यसको खेति हुन सक्ने देखिन्छ ।
कसरी राखियो नाम ?
नेपाली भाषामा बोधिचित्त वा बुद्धचित्तको नामले चिनिने यस वनस्पतिलाई तिमाल क्षेत्रमा स्थानीयहरूले बुद्धमाला, माला र फ्रड्वा माला पनि भन्छन् । तिब्बती भाषामा ठेड्वा माला र चिनीया भाषामा फड.याड्फू थी भनिन्छ ।
बयर जातको वनस्पतिको वैज्ञानिक वा जेनेटिक नाम जिजिपस र सोहि जातभित्र पर्ने प्रजाती बोधिचित्त भएकाले नेपाली वैज्ञानिकहरूले यसको प्रजाति यनाम बुद्धेन्सिस नामाकरण गरेका छन् । तसर्थ यसलाई जिजिपस बुद्धेन्सिसको नामले विश्वमा चिनिन्छ ।
मालाको महत्त्व कती ?
बुद्धमार्गीहरूले जप गर्दा प्रयोग गरिने पवित्र माला यही बोधिचित्तको १०८ वटा दानालाई उनेर बनाइन्छ । यसको जोड्निमा एउटा अनि ठूलो अतिरिक्त दाना राखिएको हुन्छ, त्यसलाई गरु दाना भनिन्छ । जप र ध्यान गर्दा उच्चारण गरिने मन्त्रको गणनालाई सजिलो बनाउन बौद्ध भिक्षु, न्यासि, ध्यानी र उपासकहरूले यसको प्रयोग गर्छन् । यसलाई भगवान बुद्धसँग साक्षात्कार गराउने पवित्र साधन मानिन्छ ।
बोधिचित्तको मालाबाट जप, ध्यान, मन्त्रोच्चारण र धारण गर्दा चिताएको पुग्ने, सिद्धि प्राप्त हुने, अन्जानमा गरेको पाप काटिने र मृत्यु पछि पनि शान्ति र मुक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसको माला सबै खाले पुजा र जपमा प्रयोग गरिन्छ । यस मालाबाट जप गर्दा परिवार र समाजलाई नै लाभ प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
बोधिचित्तको माला बुद्धभिक्षुहरू लाई दान दिएमा ती भिक्षुहरूले जप गर्दा प्राप्तहुने पुण्य वा लाभको केहि अंश माला दान गर्ने व्यक्तिलाई समेत प्राप्तहुने विश्वास पनि छ । घरमा राखिएका बुद्धका मूर्ति, फोटो तथा आफ्ना स्वर्गीय जनहरूको फोटोहरूमा समेत यसको माला लगाइदिने गरिएको छ । विवाह, स्वागत, बिदाइ जस्ता शुभकार्यहरूमा समेत गहना र उपहारका रूपमा यसको माला, ब्रास्लेट, लकेट आदि दिने प्रचलन बढेको छ ।
यस्को मालादलाई लामाले पनि प्रयोग गर्छन् । चिन, जापान, कोरिया, थाइल्यान्ड, तिब्बत, भियतनाम, मकाउ, ताईवानआदी देशहरूमा यस्को माग उच्च छ र कम से कम १० वर्ष सम्म यस्को मागउच्च नै रहने अनुमान विज्ञ गर्छन् ।
कस्तो स्थानमा उत्पादन हुन्छ ?
नेपालको तराई देखि २२०० मिटरको उचाइ सम्म पारीलो, सेप नलाग्ने, पानी नजम्ने कोरेसाबारी, बगैचा, बारी, पाखो, पखेरो लगायतका जुनसुकै जमीनमा यसको खेती गर्न सकिन्छ । यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फल दिन थाल्छ । कुनै कुनै बिरुवामा वर्षमा दुई पटक पनि फल फल्न सक्छ ।
यसको वयस्क बिरुवामा २०० केजी सम्म फलफलेको पाईएको छ । २० देखि २५ फिट अग्लो झाडी भएको हुने र एक पटक रोपे पछि पचास वर्ष भन्दाबढी समय सम्म फल फलि रहन्छ । रातो माटो र कालोमाटो, तथा बलौटे माटो अर्थात् सबै खाले माटोमा राम्रोसँग हुर्काउन यसलाई सकिन्छ । यसलाई तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरूले खासै असर पार्दैन ।
कसरी रोप्ने ?
२ फीट गहिरो तथा २ फिट गोलाइको खाडल खनेर मल र माटोको मिश्रण राख्ने । त्यस पछि विरुवालाई रोप्ने र आवश्यकता अनुसार सिचाँइ दिने । हिउँदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउँदमा पनि राम्रोसंग यसलाई लगाउन सकिन्छ ।
स्याहार सुसार राम्रोसँग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गरिरहन पर्दैन ।
बजार र बिक्रीको अवस्था
एकै रुखको फलबाट २ लाख देखि ५० लाखसम्म आम्दानी हुने हुँदा यसको खेति गर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसरी बढेको व्यापारका कारण काभ्रे र रामेछाप क्षेत्रका किसानहरूको आय र जीवनस्तर धेरै उच्च भएको छ ।
काभ्रेको तिमाल क्षेत्रमा मात्र वार्षिक करिब २ अरब भन्दाबढीको कारोबार हुन्छ । यसको व्यापार र आम्दानी बढेको कारण मुलुकभर यसको खेती गर्ने लहर चलेको छ । मागअनुसार बिरुवाउ त्पादन हुन नसकेको र उत्पादन लागत नै महड्गो पर्ने भएकोले एउटै बिरुवा उमेर र साइज हेरेर सात सय देखि दश हजार सम्ममा बिक्री हुने गरेका छन् ।
यसकादाना र मालाहरू खरिद गर्न चिन, ताइवान, मकाउलगायतका धेरै व्यापारीहरू घर घरमा आउने गरेको किसानहरू बताउछन् । नेपालको हालको उत्पादनले बजारको माग धान्न नसकेकाले बजार मुल्य दिनप्रतिदिन बढ्दो छ । यसका दानाको सतहमा प्रष्ट देखिने कुशल कलाकारले कुंदेका जस्ता आकषर्क विभिन्न कोणका चिन्हहरू हुन्छन् । त्यस्ताकोणलाई यसको मुख वा सुर भनिन्छ ।
मुख बढ्दै गए अनुसार यसको मुल्य पनि बढ्दै जान्छ । हालसम्म एक देखि नौ मुख सम्मका दानाहरू पाइएका छन् । नौ मुखे राम्रो आकार र गोलाइ भएको एउटै दाना ४ लाख र नौ मि.मि गोलाइ बाट बनेको दुइ मुखे दानाको एउटै मालाको १ लाख भन्दा बढीमा बिक्री भएको स्थानीय किसान बताउँछन् ।
प्रतिक्रिया दिनुहोस