स्मार्टसिटीको मापदण्ड निर्माण गरिदै



सरकारले स्मार्ट सिटीको मापदण्ड निर्माण गर्न लागेको छ । स्मार्टसिटी निर्माण गर्नुअघि स्मार्ट सिटी बन्न आवश्यक आधारभूत पूर्वाधार तथा आवश्यक सर्तसहितको मापदण्ड निर्माण गर्न लागेको हो ।

सहरी विकास मन्त्रालयले स्मार्ट सिटीका लागी आवश्यक पुर्वाधार सार्वजनिक गर्ने तयारी थालेको हो । केन्द्र तथा स्थानीय सरकारहरूले स्मार्ट सिटी बनाउने घोषणा गरिरहेको भए पनि हालसम्म स्मार्टसिटीको मापदण्ड भने निर्माण गरिएको छैन ।

मन्त्रालयले नेपालमा स्मार्ट सिटी निर्माण गर्दा विकसित मुलुकहरूको जस्तो मापदण्ड नहुने बताएको छ । आधारभूत पूर्वाधारसमेत नभएका नेपालका सहरहरूमा मौलिक किसिमको मापदण्ड निर्माण गरीने बताइएको छ ।

के हो स्मार्ट सिटी ?


स्मार्ट सिटी व्यवस्थित सहरीकरणभन्दा माथिल्लो स्तरको अवधारणा हो ।सामान्यतया ‘स्मार्ट सिटी’ भनेको त्यस्तो सहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण व्यवस्थित शहरको रुपमा परिभाषित गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ ।

के के छन्, स्मार्ट सिटीका मापदण्ड


खानेपानीको सुविधा

शौचालयको व्यवस्था

कम्तीमा ५० शैयाको अस्पताल

व्यावसायिक केन्द्र तथा सपिङमलको व्यवस्था

‘क्यासलेस’ भुक्तानी व्यवस्था

सहरको कुल भूभागको न्यूनतम ५ प्रतिशत हरियाली

प्रत्येक घरमा कम्तीमा एउटा रूख

निश्चित खुला क्षेत्र

व्यवस्थित आवासीय, प्रशासनिक तथा कार्यालय र औद्योगिक क्षेत्र

यातायातको सहज पहुँच

विवरणसहितको एकीकृत डाटाबेस

सूचनाप्रविधिमार्फत राजस्व प्रणाली

पारदर्शी प्रशासन

राज्यका सेवासुविधा

न्यून कार्बन उत्सर्जन

नवीकरणीय ऊर्जाको प्रयोग

वातावरणमैत्री

जलस्रोतको उचित व्यवस्थापन

निजी क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics