नेपाल अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको सदस्य



नेपाल अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको (आइरेना) सदस्य भएको छ । संसद्को बिहीबारको बैठकले (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ ।

संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रुपमा सदस्य बन्नेछ । नियोगमा यसअघि नै एकसय ५२ देश सदस्य भइसकेका छन् भने थप २८ देशले सदस्यका लागि आवेदन दिएका छन् ।

नियोगको सदस्य भएपछि नवकिरणीय ऊर्जाको प्रबद्र्धन, विकास र विस्तारका लागि आवश्यक अध्ययन, अनुसन्धान र राष्ट्यि स्तरको तथ्याङ्क संकलनमा सहयोग पुग्नेछ ।

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपाल सदस्य भएपछि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्टिय ज्ञान, सिप र प्रविधि हस्तान्तरण तथा व्यवसायकि पद्धति नेपाल भित्र्याउन सहकार्यको अवसर प्राप्त हुने बताए ।

ओलीले भने, ‘नवीकरणीय ऊर्जासम्बन्धी नीति, कार्यविधी, मापदण्ड आदि निर्माणमा सहयोग र सल्लाह प्राप्त हुनेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो । यसै गरी नवीकरणीय ऊर्जाको प्रवद्र्धन, विकास र विस्तारका लागि अन्तर्राष्ट्यि सहयोग र स्रोत परिचालनमा सहयोग पुग्नेछ ।

नियोगका सदस्यको नाताले विभिन्न अन्तर्राष्ट्रीय बैठक तथा मञ्चहरुमा सहभागिता र छलफलका लागि अवसर प्राप्त हुनेछ । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले मंगलबार साँझ बसेको व्यवस्थापिका–संसदको बैठकमा ‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ प्रस्तुत गरेकी थिइन् ।

नेपालले संयुक्त राष्टसंघको सदस्य राष्टको हैसियतले सबैले पालना गरेका सबैको लागि दिगो ऊर्जा सम्बन्धी लक्ष्य प्राप्त गर्न सहयोग पुग्नेछ ।

अन्तर्राष्ट्रिय नवीकरण ऊर्जा नियोग (इन्टरनेशनल रिन्युएवल एनर्जी एजेन्सी, आइरेना) नवीकरणीय ऊर्जाको विश्वव्यापी प्रयोग र प्रवद्र्धन गर्न २६ जनवरी २००९ मा जर्मनीको बोनमा भएको एउटा अन्तरसरकारी संस्था हो ।

 

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics