विद्युतीय सवारीका लागि चार्जर स्टेशन निर्माण हुँदै
- नेचर खबर

नेपालमा नै पहिलो पटक विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति प्राधिकरणले ल्याएको छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले यो नीति ल्याएको हो ।
सुरुमा काठमाडौँका विभिन्न स्थानमा यो चार्जर सेन्टर स्थापना गर्ने सोच प्राधिकरणको छ ।
काठमाडौँपछि विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा, नेपालगन्जमा यो स्टेसन निर्माण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस