१ लाख बढी भूकम्प पीडितले अनुदान अझै पाएनन्



बिनासकारी भूकम्प गएको २ वर्ष ८ महिना पुगिसक्दा समेत १ लाख भन्दा बढी भूकम्प पीडितले अनुदानको पहिलो किस्ता समेत पाउन सकेका छैनन् ।

स्थानीय तहमा समन्वयको अभाव र वास्तविक भूकम्प पीडित प्राधिकरणको पहुँचमा पुग्न नसक्दा १ लाख १ हजार ५ सय २० जनाले अहिलेसम्म पहिलो किस्ता समेत पाउन नसकेका हुन् ।

पीडितहरु भने अझै पनि पहिलो किस्ताको अनुदानकै पर्खाईमा छन् । घर निर्माणका लागि अनुदान पाउन योग्य ७ लाख ६७ हजार ७ सय ५ जनामध्ये जम्मा १९ हजारले मात्रै अनुदानको तेस्रो किस्ता पाएका छन् । कतिपय भूकम्प पीडितले अनुदानको रकम पाएर पनि घर बनाएका छैनन् । त्यसको समेत प्राधिकरणले अनुगमन गर्न सकेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics