कुलमान भन्छन्, साँझ बिहान अत्यधिक विद्युत खपत नगरौ



नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझ र बिहानको समयमा अत्याधिक बिद्युत शक्ति प्रयोग नगर्न उपभोक्तासँग आग्रह गरेका छन् । घिसिङले एक बिज्ञप्ती जारी गर्दै सर्वसाधारणसँग यस्तो आह्वान गरेका छन् ।

यो बेला बिद्युत कम उत्पादन हुने समयमा साँझ र बिहान न्यानोपनका लागि सकेसम्म निक्कै कम परिमाणमा विद्युत उपकरण उपभोग गर्नुपर्ने उनको सुझाव छ । बढी उपकरण प्रयोग गर्दा उर्जा खपत पनि बढी खर्च हुने भएकाले यसले गर्दा विद्युत नियमिततामा समस्या पार्न सक्ने उनको कथन छ ।

माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ ।

प्राविधिक त्रुटीका कारण कुनै समयमा बिद्युत गएपनि घोषित रूपमै कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको उनले दाबी गरे । केही दिनयता प्राविधिक कारणले फाट्टफुट्ट बत्ती गएकोमा त्यसलाई गलत अर्थ लगाउँदै सामाजिक सञ्जालमा लोडसेडिङ हुन लागेको भनेर गलत प्रचार गरिएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।

अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित र अघोषित रूपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको उनले बताए ।


‘केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषित रूपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेका छन्, घोषितरअघोषित रूपमा कुनै प्रकार पनि प्रकारको लोडसेडिङ गरिएको छैन,’ विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics