लोभ्याउने गन्तवय ..



प्राकृतिक सौन्दर्यताका साथै जैविक विविधताका हिसाबले इलाम, इलामसंगैको दार्जिलिंग र सिक्किम विख्यात छ । इलाम चियाका साथै अन्य प्राकृतिक सम्पदाका हिसाबले पनि धनी छ । चिया, अलैची र अदुवा आम्दानीका राम्रो स्रोत बनेका छन् । इलाममा दुर्लभ वन्यजन्तुहरु हाब्रे र हिउ चितुवाका राम्रा वासस्थानहरु छन् । तल्लो क्षेत्रका सामुदायिक वनहरुमा हाब्रेको राम्रो वासस्थान छन भने ताप्लेजुंगसंग जोडिएका क्षेत्रहरुमा हिउ चितुवाको उपस्थिती छ ।

नेपालको कञ्चनजंघा संरक्षण क्षेत्रसंगै भारतको दार्जिलिंग र सिक्किमको कन्जेन्जंघा नेशनलपार्क क्षेत्रमा दुर्लभ वन्यजन्तु हिउ चितुवाको उपस्थिती राम्रो छ । कञ्चनजंघा संरक्षण क्षेत्रका हिउ चितुवा कन्जेन्जंघा नेशनलपार्क क्षेत्रसम्म आउ जाउ गर्ने गरेको रेडियो कलर जडानपछि थाहा भएको थियो । यसले हिउ चितुवाको कनेक्टिीभीटी बुझ्न सजिलो भएको जानकारहरुले बताउने गरेका छन् । आहारका साथै सुरक्षित वासस्थानको खोजीमा एउटा देशका हिउ चितुवा अर्को देशको भुभागसम्म जाने गरेको नया तथ्य फेला परेको छ । नेपालका हिउ चितुवा भारत हुदै तिब्बततिरसमेत आउ जाउ गर्ने गरेको केही अघिको ट्र्या्किंगले थाहा भएको हो ।

हेरौं मन लोभ्याउने गन्तवय तस्बिरमा :



















आशिष आचार्य

प्रतिक्रिया दिनुहोस

web
analytics