हरियो लालपुर्जाबाट किसानलाई ऋण : मन्त्री खनाल



हरियो लालपुर्जाबाट किसानले २ प्रतिशत ब्याजमा ऋण पाउने भएका छन् ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले हरियो लालपुर्जाबाट कृषकलाई २ प्रतिशत ब्याजमा ऋण दिने गरी सरकार लागेको बताए ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १० मा बुधबार एक नवनिर्मित कार्यक्रममा बोल्दै उनले भने, कृषि क्षेत्रको आधुनिकिरण गर्ने योजनामा सरकार रहेको बताउँदै दुई प्रतिशत ब्याजमा ऋण र कृषकलाई हरियो लालपूर्जा दिएर विभिन्न क्षेत्रमा अनुदान दिने योजना छ ।

मन्त्री खनालले कृषिको उर्बरभूमि नेपाल भएपनि त्यसको सदुपयोग हुन नसक्दा नेपाली कृषकको जीन्दगी पीडादायी रहेको स्पष्ट पारे ।

मन्त्री खनालले आफ्नो गृह जिल्ला कपिलवस्तुमा धान, माछा, गँहु र तरकारीको क्षेत्रमा राम्रो सम्भावना रहेकोले विशेष कार्यक्रम ल्याएर आर्थिक सम्बृद्धिमा टेवा पुग्ने गरी काम सुरुवात गरिएको बताए ।

नेपाल कृषि प्रधान देश भएपनि ६६ प्रतिशत मात्र कृषकले ५० प्रतिशतलाई मात्र खान पुग्ने अवस्थाको अन्त्य गर्न आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम ल्याएको हो । सरकारले कृषि क्षेत्रका लागि झन्डै ३५ अर्ब बजेट छुट्याएको बताउँदै मन्त्री खनालले खण्डीकरण जमिनको उपयोग र व्यवस्थापन गरेर नेपालीलाई खान पुग्ने कृषि उत्पाकत्व बृद्धि गर्ने योजना रहेको जानकारी दिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics