दुर्लभ वन्यजन्तु सालकको खपटा सहित दुई प्रक्राउ



ताप्लेजुङमा दुर्लभ वन्यजन्तु सालकको खपटा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोभानका अनुसार झोलामा लुकाई राखेको अवस्थामा शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको  हो।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेबाट एक किलो ५ सय ग्राम खपटा सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाँउ बस्ने वर्ष ३८ का सन्तोष कुमार लिम्बु र अर्का २९ वर्षिय मंगलसिंह लिम्बु रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics