गैंडाको सिंङ ६५ लाखमा बिक्री गर्न लाग्दा पक्राउ



धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ का १९ वर्षीय जिसन सुनारलाई महानगरीय प्रहरी वृत्त, लैनचौर सोह्रखुट्टेले गैंडाको सिंङ विक्री गर्न लाग्दा पक्राउपक्राउ गरेको छ ।

सिंग जस्तो देखिने गैंडाको खाग ६५ लाख रुपैयाँमा विक्री गर्न लागेको अवस्थामा उनलाई नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको वृत्तका डिएसपी दिपक पोखरेलले बताए ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान तथा काराबाहीका लागि खागसहित जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics