वातावरण बिगार्नेलाई बहिष्कार

A+ A-



कलंकी देखि थानकोट सम्मको बाटो, जुन विगत पाँच वर्ष देखि धुलोले छोपिएकै छ । चक्रपथका धेरै ठाउँको अवस्था यस्तै छ । जोरपाटीबाट साँखु जाने बाटोको वातावरण पनि अति नाजुक अवस्थामा छ । यसरी वातावरण विगार्नेहरूले वातावरण दिवस नमानाओस ।

गाउँका वातावरण बिगार्दै गरेका कामहरूः
विगतमा पहाडहरू खोस्रेर र नदीहरू सोहरेर निकै संख्यामा गिट्टि तथा बालुवाका ट्रकहरू भारत निकासी गरिएको छ, नेपालको शहरहरूमा घर बाटो बनाउन बेचिएको छ । यसरी गिट्टी तथा बालुवा निकाल्दा गलत काम भएको वा स्थानीय वातावरणमा विध्वंस गरेर पनि निकालिएको छ । मुठ्ठिभर मान्छेका केहि स्वार्थको लागि सम्पूर्ण गाउँलाई नै धरापमा पारिएको छ । यो पनि वातावरण बिगारेको मध्ये ज्वलन्त नमुना हो । हामी आशा गर्छौ भोलि यसरी वातावरण बिगार्ने काम कसैले पनि नगरोस । यस्तो काम गर्नेहरूले वातावरण दिवस नमानाओस ।

अति विषादी प्रयोग गरिएका सागपात तरकारीका बाँकी भागहरू गाउँका किसानहरू आफ्नो गाई वस्तुलाई ख्वाउन डराउँछन, किन कि आफ्नो गाई म¥यो भने घाटा आपैmलाई हुन्छ । तर तिनै सागपात र तरकारी निर्धकसंग बजार बेचिन्छन । अनि बिगारिएको वातावरणको उत्पादन खाएर शहरका मानिसहरूका किडनिहरू बिग्रन्छन्, शरीरका विभिन्न भागमा क्यानसरका ट्युमरहरू पलाउँछन् । म चाहन्छु मैले लेखेका यी पंक्तिहरू झुठो होउन, गलत होउन । हामी मध्ये धेरैले हाम्रा ग्रामीण वातावरण बिगार्दै छौ । के यसरी मानिस बसेको पृथ्वीको वातावरण बिगार्ने हामी मध्ये धेरैलाई वातावरण संरक्षण दिवस जुन ५ मान्ने अधिकार छ ? हामी मध्येका धेरै वातावरणका हत्याराहरू हो । आमाको हत्या गर्नेले आमाको पुजा गर्दैन र मातातिर्थ औसी मनाउँदैन । तसर्थ वातावरणका हत्याराहरूले वातावरण दिवस वा जुन ५ नमानाओस, वहाँहरूलाई जुन ५ मनाउने अधिकार पनि छैन ।

वनको वातावरण बिगार्दै गरेका कामहरूः  नेपालमा तथ्याङ्कले वन क्षेत्र बढेको देखिन्छ । तर अफशोच वनको वातावरण पनि सुध्रन सकेको छैन । राम्ररी बनाइएको बाटो विकासको प्रतिक हो, विकासको लागि बाटो अपरिहार्य पनि हो । तर अहिले विकासको नाउँमा वन भित्र बाटो बनाएर विनास गरिएको छ, वनको स्वच्छ, शान्त, निर्मल वातावरण बिगारिएको छ । विकासको नाममा बाटो बनाउने नाममा हरेक पाहाडको जंगल खोस्रिएको छ, बिगारिएको छ । किनभने हाम्रो पाहाडका हरेक जिल्लामा डोजरबाट बनाइएका बाटोहरू नै वनको वातावरण बिगार्ने प्रमुख कारण भएका छन् ।

विना प्राविधिक डिजाइन डोजरले बाटो बनाउँदा त्यहाँ उकालो, ओरालो तथा मोडहरू निकै तिखो हुन्छ किनभने चाँडै बाटो बनाएको दाबी गरे पछि गरिएको कामको पैसा लिएर अर्को काममा हिडनु डोजर डाइभरको धर्म हो । त्यस्ता बाटाहरूमा बढी स्लोपको कारणले पछि गएर त्यहाँ भूक्षयहरू प्रशस्त देखिएका छन्, पानीको निकास नभएर खोल्सोहरू धेरै बनेका छन् । ती खाल्साहरू भनेको पाहाडका काटिएका रगताम्य नसाहरू पनि हुन । त्यस्तो ठाउँबाट तल निजी आवादी तथा खेतहरूमा पनि निकै माटो, पानी र गैग्रानहरू थुप्रिएका छन् । यसबाट किसानको खेतमा उत्पादन निकै कम भएको छ । अधिकांश ग्रामिण जनसंख्या विदेसिएको अवस्थामा पनि गाउँको उत्पादन “हात्तीको मुखमा जीरा” भने जस्तै निकै अपुग भएको छ । त्यसमाथि पनि अति दुःखको कुरा विना डिजाइन डोजरले मात्र बनाइएका बाटोहरू नै हाल आएर पाहाडि वातावरण संरक्षणको लागि प्रमुख चुनौति भएको छ । यसरी पाहाडको वातावरण विगारेकाहरूलाई के वातावरण संरक्षणको दिवस मान्ने नैतिक अधिकार छ ? उचित कुरा त प्राविधिक तरिकाबाट डिजाइन गरेका र ई.आइ.ए तथा आइ.ई.ई. गरेर बनाउन ठिक भएका बाटाहरू मात्र बनाउनु पर्दछ ।

विगतमा यसरी बाटो बनाई पाहाडि वातावरण बिगार्ने काममा प्रमुख भूमिका निभाउने काम सबभन्दा बढी संसद् कोषबाट परिचालन गरिएको बजेटले गर्दा नै हो । आउने आर्थिक वर्षमा पनि यो बजेट राख्ने नराख्ने छलफल पछि अन्तमा प्रति सांसद ४ करोडका दरले बजेट राखिएको छ । तर म जस्ता नागरिकहरूको गुनासो हो, विगतमा यस्तो बजेट केहि सांसदज्युहरूले ठिक ठाउँमा प्रयोग गरेका छैनन् । सांसद कोषको रकम पाहाडमा गलत तरिकाले बाटो बनाउने अर्थात् वातावरण बिगार्न पनि खर्च भएको छ । यस्ता पाहाडका बाटाहरू बनबाट लाने गरिन्छ, किनभने बनबाट बाटो लगेमा मुआब्जा तिर्नु पर्दैन । व्यक्तिको निजी जग्गाको मुआब्जा निकै धेरै छ । ई.आइ.ए तथा आइ.ई.ई.नगरिकन गलत तरिकाले वनबाट बाटो बनाउन खोजेमा त्यसको प्रतिकार पहिला वन कार्यालयका कर्मचारीहरूले गर्नु पर्दछ । यस्तो प्रतिकार गर्दा वन कार्यालयका कर्मचारीहरू वा वन प्राविधिकहरूलाई पिटिन्छ, कुटिन्छ, लखेटिन्छ । के गलत तरिकाले वन अतिक्रमण गरी बाटो बनाउनेहरूले आफ्नो जिम्मेवारी पालना गर्दै गरेका वन कर्मीहरूलाई रिसले पिटन पाइन्छ ? के वहाँहरूले पाहाडको वातावरण बिगार्ने काम गरेको छैन ? के वहाँहरूको गलत कामलाई नेपालीको सदभाव छ ?

परिवन्दमा पारी पिटिएका, कुटिएका धेरैे जिम्मेवार वन अधिकृतहरूको गुनासो सुन्नुहोस । नारायण श्रेष्ठ वन अधिकृत उदयपुर “विना इज्जाजत सामुदायिक बनबाट बाटो खनिँदै थियो, मैले सो कामलाई आफ्नो पदको जिम्मेवारी अनुसार रोकेँ, रोक्ने कोसिस गरेँ । तर जवाफमा राजनैतिक मान्छेको मुक्का खानबाट मलाई कसैले बचाउन सकेन” । राम औतार चौधरी, रेन्जर कैलाली “मेरो जिम्मेवारी अनुसार वन क्षेत्रमा धुम्दै जाँदा मैले संरचना बनाउँदै गरेको देखेर औजारहरू खोसेर लिएँ । तर वन अतिक्रमणकारीहरूले घेरावन्दीमा पारी मलाई कुटपिट गरे ।

तसर्थ सांसाद कोषको यस्तो दुरुपयोग रोक्नु पर्दछ । नेपाली जनता चाहान्छ कि सो बजेटबाट संसदीय क्षेत्रहरूको विकास होस्, गरिब जनतालाई सुविधा पुगोस् । विज्ञान तथा प्रविधिको विरोधी हामी होइनौं । तर,हामी चाहान्छौ त्यो बजेटले हरियो वनको घाँटी नरेतियोस । हरिया सामुदायिक वनहरूमा बाटोको नाममा वनको घाँटी रेत्ने काम नहोस् ।

श्रेष्ठ एन.एफ.ए का अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics