पूर्व र पश्चिममा ठूलो पानी पर्ने …




मुलुकका अधिकाँश स्थानमा मौसम बदली भई भिषण पानी परिरहेको छ । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले आज देशभरी कै मौसम खुल्ने संभावना कम रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार आज(आइतबार) र भोलि(सोमबार) पानी पर्न रोकिए पनि मौसम खुल्ने संभावना भने निक्कै न्युन छ । यस्तै केही ठाउँमा ठूलो पानी पर्ने  अनुमान छ । विशेषगरी पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठको भनाई छ ।

ठूलो पानी पर्ने भएकाले भिरालो जमीन र नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन उनको आग्रह छ । तराई, चुरे र मध्य पहाडी क्षेत्रमा पानी पर्ने भएकाले पानी नपरेको ठाउँमा पनि बाढी जाने संभावना हुने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

मौसम पुर्वानुमान महाशाखाले मनसुन न्यूनचाप नजिक आएको भएर देशभरको मौसममा बदली भएको जनाएको छ । मौसमविद श्रेष्ठका अनुसार अबको दुई दिनपछि मात्र पानी पर्ने क्रम कम हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics