कपिलबस्तुमा बाढीले ७ सय बिगाहा धान बगायो



कपिलबस्तुमा आइतबार सुरु भई लगातारका दुई दिनको वर्षापछि मायादेवी गाउँपालिका वडा नं. ८ स्थित बरकुल , बिजुवा ,जमुनी, र हरिवंशापुर गाउँको ७ सय बिगाहा खेतीयोग्य जमिनमा किसानहरूले रोपाई गरेका धान र खेतमा लगाएका धानको बिउ बाढीले बगाउँदा नष्ट भएको छ ।

मायादेवी गाउँपालिका वडा नं. ८ बिजुवा सँगै जोडिएको भारतको मझौली तालमा लगाएको अग्लो तटबन्धमा रहेका ८ वटा ढोका मध्य हाल सम्म तिनवटा मात्र ढोका खोल्दा आइतबारबाट अविरल वर्षा सुरु भएपछि बर्षाले ७ सय बिगाहा खेती योग्य नेपाली भूभाग जलमग्न भएको हो ।

बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुलगाउँको विचमा रहेको धानखेती ठाँउ जलमग्न भएपछि रोपाई भएको करिब ३ सय विघा धान खेती बाढीले बगाएको छ । जलमग्नभएको ठाउँमा सिसई नदीको तटबन्धहरु जिर्णभएको कारणले यस्तो विकारल खेती योग्य जमिन जलमग्न भएको स्थानीयहरूले बताएका छन् ।

मायादेवी गाउँपालिका वडा नं. ८ बिजुवा दक्षिण भारतको सीमानामा पर्ने सिसवा र मझौली तालमा भारत सरकारले सिँचाइको लागि तटबन्ध लगाई पानी थुनिदिएकाले यस्तो समस्या आएको छ । भारत सरकारले आफ्नो सीमा क्षेत्रभित्र सिँचाइको लागि बनाएको अग्लो तटबन्ध र फाटकले यस्तो समस्या वर्षौँदेखि आइरहेको वडाध्यक्ष कृष्णनारायण तिवारीले बताए ।

किसानहरूको करिब ७ सय विघा धान रोप्ने खेती योग्य जमिन जलमग्न हुँदा धान कसरी रोप्ने भनी चिन्ताले सताएको छ भने भारतीय पक्षले पानी रोक्दा बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुलगाउँको विचमा रोपाई गरिएको करिब ३ सय विघा धान खेती बाढीले बगाएको स्थानीयले जानकारी दिए । बिजुवा दक्षिण भारतको सिमानामा पर्ने सिसवा र मझौली सागरमाभारत सरकारले सिचाईको लागि फाटक नखोल्दा यस्तो समस्या आउने गरेको र विगतमा तटबन्ध निर्माणको लागि स्थानीयहरू पहिले जिल्लाविकास समिति कपिलवस्तु तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय भैरहवामा समेत योजनाहरू मागगर्दै आएका थिए ।

अहिले सम्मदिगो तटबन्ध निर्माणको कार्य गर्नको लागिकुनै ठोस योजनाहरू नपरेकोले मायादेवी गाउँपालिका, प्रदेश र संघीय सरकारमा हामी गाउँपालिका देखि नै यस डुबान क्षेत्रको लागि सिसई नदी तटबन्ध योजना माग गर्ने निर्णय सहित कार्यक्रम माग गरेका वडा अध्यक्ष तिवारलिे बताएका छन् ।

त्यसै गरी मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले अब हामी बिजुवाको डुबान क्षेत्र मात्रै हैन मायादेवी गाउँपालिकाकको पिपरामा रहेको तुल्सीडिहवा तालले पनि खेती योग्यजमिन डुबानमा परिरहँदा त्यसलाई सिँचाइ क्षेत्रको लागि मर्मत गर्न आफ्ना योजनाहरू विनियोजन गर्ने र प्रदेश तथा संघीय सरकार सँग पनि समन्वय गर्ने स्पष्ट पारेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics