परम्परागत ज्ञानको समायोजन गर्नुपर्छ : मन्त्री बस्नेत



वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाँच्नको लागि सर्वसाधारण नेपालीले कुनै न कुनै सीप सिकेको बताएका छन् । मन्त्री बस्नेतले सर्वसाधारणले सिकेको परपम्परागत ज्ञान र सीपलाई अत्याधुनिक बनाएर अघि बढ्न सकेको खण्डमा मुलुकमा समृद्ध हुने अपेक्षा राखेका छन् । बस्नेतले सर्वसाधारणसँग भएका परम्रागत ज्ञान र सीपका बारेमा अध्ययनसमेत गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल वातावरण पत्रकार समुह (नेफेज) ले ललितपुरमा आयोजना गरेको ‘सेती रिभर वेसिन वातावरणीय मुद्दा र संचारको भूमिका’ विषयका कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सर्वसाधारण अहिले निक्कै जागरुक भइसकेको बताए । सर्वसाधारणमा आएको जागरुकताकै कारण कर्णाली रिभर वेसिनको अध्ययनका लागि पर्याप्त परिमाणमा प्रस्ताव लिएर युवासमूह मन्त्रालयमा आउने गरेको मन्त्री बस्नेतले बताए ।

मन्त्रीले बस्नेतले नदी र जंगलको समस्याको बारेमा अहिलेका सर्वसाधारणले समस्याको रूपमा मात्रै हेर्ने गरेको बताए । नदी र जंगललाई समस्याभन्दा संरक्षण तथा उपभोगिताको दृष्टिकोणबाट हेर्नुपर्ने उनको सुझाव छ । नदीको बहुआयामिक लाभ लिनसक्ने क्षेत्रको पहिचान गर्नुपर्ने उनले औँल्याए ।

काठमाडौँ विश्व विद्यालयका डीन सुबोध शर्माले नेपालमा ठूलो बाघ, गैँडालगायतका ठूलो जीवको मात्र कुरा उठने तर महत्त्वपूर्ण मानिएका साना जीवको बिषयमा कसैले चासो नदिने जानकारी दिए । शर्माले भने, ‘साना जीव पनि बाघ जस्तै महत्त्वपूर्ण हुन्छ । साना जीवलाई संरक्षणमा जोड दिइएन भने भविष्यमा विनाशको समस्या आउँन सक्छ ।’

नेफेजका अध्ययक्ष अजुर्न ढकालले सेती रिभर वेसिनको महत्व र त्यसका वातावरणीय मुद्दा उजागर गर्न र नीतिगत तहमा बसेका अधिकारीको ध्यानकर्षण गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics