विपद् व्यवस्थापनका लागि गोदाम घर निर्माण



प्रदेश १ मा सरकारले प्राकृतिक विपत्ति परेको खण्डमा तत्काल उद्धार र राहातको आवश्यक तयारीका लागि विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरेको छ ।
प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मताहतमा जल उत्पादन प्रकोप नियन्त्रण कार्यालयको भवनमा विपदका समयमा उद्धारका लागि आवश्यक पर्ने उद्धारका सामाग्रीसहित गोदाम घर सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयले गोदाम घर सँगै प्रदेश विपद व्यवस्थापन आकस्मिक खातापनि सञ्चालन गरेको छ । प्रदेश सरकारले सञ्चालन गरेको खातामा रकम भने ५० हजारमात्र संचित छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले मन्त्रालयले पहिलो चरणमा ३५ लाख रुपैयाँ बजेटबाट उद्धारका लागि ठुला किसिमका बोट,टेन्डर लगायतका आवश्यक सामाग्री खरिद गरी गोदाममा तयारी अवस्थामा राखिएको बताए।

विगत दिनको अबस्थालाईपनि स्मरण गरेर मन्त्रालयले आवश्यक तयारी थालेको छ उपसचिव थापाले भने‘कुनैपनि समय विपद आउन सक्छ,त्यसका लागि पूर्व तयारीमा मन्त्रालय जुटेको छ’ ।
गएको आर्थिक बर्षको ३५ लाख रुपैयाँ बजेटबाट गोदामका लागि आवश्यक उद्धार सामाग्री पहिलो चरणमा खरिद गरिएको उनले जानकारी दिए ।

उपसचिव थापाले चालु आर्थिक वर्षका लागि उद्धार सामाग्री खरिद शिर्षकमा ६० लाख रुपैयाँ विनियोजन गरेकाले आवश्यक उद्धार सामाग्री खरिदका लागि प्रकृया अघि बढाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics