महोत्तरीमा सर्पको टोकाइबाट बालकको मृत्यु

बर्दिवास नगरपालिका–१ मा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । अर्का १ जनाको भन्ने गम्भीर अवस्था रहेको छ ।

इलाका प्रहरी कार्यालय, बर्दिवासले गोदावरी नगरपालिका–२ अत्तरिया घर भइ बर्दिवास नगरपालिकास्थित श्री सिदार्थ बोर्डिङ स्कुलमा यूकेजीमा अध्ययनरत ८ वर्षीय दशरथ ऐरेको सपर्कको टोकाइबाट मृृृत्यु भएको जनाएको छ ।

सिद्धार्थ बोर्डिङ स्कुलको आवास क्षेत्रमा बस्दै आएका ऐरेलाई सुतेकै स्थानमा सर्पले डसेको हो ।

सर्पको अर्का एक विद्यार्थीलाई पनि टोकेको छ । कक्षा ९ मा अध्ययनरत बर्दिवास १ निवासी आशीष ढकाललाई सर्पले टोकेको हो । उनको बर्दिबासस्थित सर्प दंश उपचार केन्द्रमा उपचार भइरहेको बर्दिवासका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

उक्त छात्रावासमा ४० भन्दा बढी विद्यार्थी बस्दै आएका छन् । केही दिन अघि बर्दिवासमा एकैदिन सर्पको टोकाइबाट ४ जनाको ज्यान गएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics