गोलभेँडामा भारत निकासी खुलेपछि कृषक हर्षित

विगत एक महिनादेखि पाँचथरमा भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी सुरु भएपछि गोलभेँडा कृषकहरू हर्षित भएका छन् ।

संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी सुरु भएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले बताए ।

उनका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको छ, गोलभेँडा निकासी सुरु हुन थालेको छ ।

भारतीय पक्षले निकासी हुने सूचिमा गोलभेँडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्री वितरण प्रभावित भएको थियो ।केहि दिन अघि बजार प्रवर्द्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो ।

निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा बृद्धि हुनुका साथै व्यापार बढेको छ । राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले निकासी खुलेको जानकारी दिए । पोखरेलका अनुसार निकासी सुरु भएपछि किसानलाई राहत पुग्ने छ ।

भारत निकासी रोकिँदा सस्तो मूल्यमा बिक्री हुनुका साथै कतिपय किसानको बारीमा गोलभेँडा कुहिएको थियो । व्यवसायी खेती हुने जिल्लाको याङवरक, हिहिहाङ गाउँपालिका किसानहरूको बगानबाट यो बर्ष १३ करोड भन्दा बढिको आम्दानी हुने अनुमान गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics