खाद्य संस्थानले शुक्रबारदेखि काठमाडौंमा खसीबोका बेच्ने



शुक्रबारदेखि नेपाल खाद्य संस्थानले दसैंका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने भएको छ ।

नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरणको काम सुरु गर्ने जानकारी गराएको हो । शुक्रबार विहान ८ बजेदेखि बाट खसी, बोका र च्याङग्रा बिक्री वितरण हुनेछ ।

संस्थानका लागि वागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङ्ग्रा काठमाडौं आइपुगेको जानकारी दिए ।

भोलिसम्म मुस्ताङबाट १ हजार वटा च्याङ्ग्रा काठमाडौं ल्याउने योजना बनाइएको छ भने हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ । बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने गरेको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङ्ग्रा ल्याउन कठिनाइ भइरहेको पनि संस्थानले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics