चीन पुगेका दुई जोडी गैंडालाई पार्कमा राखियो

नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले पार्कमा राखेको छ ।

भद्र र रुपसीको जोडीलाई गोन्जाओ स्थित चेमेलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई साङ्घाई वाइल्ड एनिमल पार्कमा राखिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका अनुसार नेपालले चीनलाई दिएका दुई जोडि गैंडा सम्झौतामा उल्लेख भए अनुसार पार्कमा राखिएको छ ।

त्यसअघि ती गैंडाहरुलाई ४५ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । गत असार २८ गते एक सिंगे गैंडाको जोडी भद्र र रुपसी चीनलाई हस्तान्तरण गरिएको थियो । गैंडाको अर्को जोडी सोल्टी र मितिनीलाई साउन ३२ गते चीनलाई हस्तान्तरण गरिएको थियो ।

गैँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि केही समयको लागि नेपाली पशु चिकित्सक र पशु प्राविधिका टोली पनि चीन  गएका थिए ।

२०७३ असारमा नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics