कफी उत्पादनमा वृद्धि


नेपालमा कफी उत्पादनमा वृद्धि भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अनुसार गएको वर्षको तुलनामा यो वर्ष करिब १० प्रतिशतले कफी उत्पादनमा वृद्धि भएको हो।पछिल्लो तथ्याङ्कअनुसार देशभर कुल ५ सय १३ मेट्रिक टन कफी ग्रीन बिन उत्पादन भएको छ । २०७४सालमा ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार विभिन्न जिल्लाहरूमा बोर्ड तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरू र गैरसरकारी संस्थाहरूबाट कफीको विस्तारका लागि सञ्चालन गरेको ‘कफी विस्तार कार्यक्रम’को प्रभावस्वरूप कफी रोपण क्षेत्रसमेत विस्तार भएको हो ।

जसका कारण पनि कफीको उत्पादनमा वृद्धि भएको बताउँछन् विभागका कार्यकारी निर्देशक शेषकान्त गौतम । आर्थिक वर्ष २०७४÷७५ को तथ्यांकअनुसार नेपालमा २ हजार ६ सय ५० हेक्टर क्षेत्रमा कफी उत्पादन हुँदै आएको छ।

अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा भन्दा मात्र ४ हेक्टर क्षेत्रमा कफी उत्पादन विस्तार हुन सकेको छ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक गौतमका अनुसार विगत ४ वर्षदेखि ‘कफी विस्तार कार्यक्रम’ले व्यापकता पाएकोले आगामी दिनहरूमा पनि कफीको उत्पादनमा थप वृद्धि हुने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics