सडक दुर्घटनाबाट पर्सामा ९ वन्यजन्तु मारिए


पर्सा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा सडक दुर्घटनाबाट ९ वटा वन्यजन्तु मरेका छन् ।पर्सा राष्ट्रिय निकुञ्जका अनुसार साउन देखि कार्तिक सम्म ९ वटा वन्यजन्तु सडक दुर्घटनाको कारण मरेका हुन् ।

पछिल्लो समय वन्यजन्तु धेरै नै सडक दूघर्टनाको शिकार हुने गरेका छन् ।सडक दुर्घटामा परी बँदेल ३ वटा, चित्तल २ वटा, निर बिरालो २ वटा र बाँदर २ वटा मरेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर बिनय कुमार झाले रातीको समयमा वन्यजन्तु सडक दुर्घटनाको शिकार भएको बताए ।

उनले भने,‘ वन्यजन्तु रातीको समयमा सडक दुर्घटनाको शिकार हुने गरेका छन्। ९वटा वन्यजन्तु रातीको समयमा मारिएको हुँदा चालकलाई नियन्त्रणमा लिन सकेनौँ ।’आर्थिक वर्ष २०७३/७४मा निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा भएको सडक दुर्घटनाबाट मात्रै एक सय ३३ वटा वन्यजन्तु मरेका थिए ।

पर्सा निकुञ्जमा मात्र नभएर धेरै निकुञ्जमा रातीको समय वन्यजन्तु मारिन्छन् तर चालक पक्राउ पर्ने गाह्रो हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार गैरकानुनी तबरबाट गैँडा, बाघ, हात्ती, कस्तृरी मृग, ध्वंस चितुवा वा चौँरीलाई मार्ने र घाइते बनाउने दोषीसँग पाँच लाख रुपैंयादेखि दश लाख रुपैयाँसम्म जरिवाना भराउने व्यवस्था छ ।

त्यस्तै संरक्षित बाहेक अन्य वन्यजन्तु मारिएमा वा घाइते भएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । अधिकांश वन्यजन्तु मारेर चालकहरू भाग्ने गरेकाले न्यून सङ्ख्यामा मात्रै कारबाही हुने गरेको छ ।

वन्यजन्तुको ज्यानको जोखिमलाई मध्यनजर गरी संसारका विभिन्न मुलुकमा सडकमार्गमा ओभर पास र अन्डर पास बनाउने चलन रहेपनि नेपालमा भने यो बिषयमा राज्यस्तरबाट खासै प्राथमिकता पाएको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics