भालुको आक्रमणबाट दुई महिला घाइते

भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् ।

मंगलबार बिहान गाउँ नजीकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको हो । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको हुन ।

खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतल रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ ।

घाइते दुबैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics