उदयपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु



उदयपुरको त्रियुगा नगरपालिका २मा जंगली हात्तीको आक्रमणबाट मा एकजनाको मृत्यु भएको छ ।

लुहाको सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट त्रियुगा नगरपालिका–१२ की ६५ वर्षीया सावित्रा राईको ज्यान गएको हो ।

आइतबार दिउँसो ३ बजे तिर घाँस काट्न जंगल गएकी राईलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए। मृतक राईको शव परिक्षको लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics