बाटो सर्वेमा अवरोध पुर्‍याउने पक्राउ


बारामा बाटो सर्वेमा अवरोध पुर्‍याउने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

स्थानियबासिहरुले सो बाटोलाई नापी गर्न नदिएकाले प्रहरी टोली खटेर सम्झाईबुझाई गर्ने क्रममा प्रहरीमाथि काउछो फालेकोले उक्त कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका –५ टेडाकट्टी बस्ने ३५ वर्षीय रामचन्द्र साह, २७ वर्षीय छोटे लाल साह र २८ वर्षीय अजित अंसारी रहेका छन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics