छाडा पशु व्यवस्थापनमा ध्यान दिन अदालतको परमादेश

उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले सोमबार कञ्चनपुरका ४ नगरपालिकालाई छाडा पशुचौपाया व्यवस्थापनमा ध्यान दिन परमादेश जारी गरेको छ ।

यसअघि उच्च अदालत दिपायल महेन्द्रनगरका न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले असोज १५ गते छाडा पशुचौपायालाई राजमार्ग, सार्वजनिकस्थल, बजार र मठमन्दिरबाट हटाइ चौपायाको उचित व्यवस्थापनमा ध्यान दिन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशको पालन नभएकाले न्यायाधीश पवनकुमार शर्मा र न्यायाधीश धीरबहादुर चन्दको संयुक्त इजलासले सोमबार पुन परमाआदेश जारी गरेको हो।

अधिवक्ता रावलले छाडा पशुचौपायाको व्यवस्थापन नभएको तथा स्थानीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले निर्दे्शित कानुनी व्यवस्थाबमोजिम कार्य नगरेको र छाडा चौपायाका कारण सवारी दुर्घटनासँगै अन्य विभिन्न खाले समस्या निम्तिएको भन्दै ४ स्थानीय तहलाई विपक्षी बनाई रिट दर्ता गराएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics