पूरा हुँदै सुन्दर बागमतीको सपना

A+ A-



बागमती सफाइ महाअभियानको तीन सय साता पुग्यो, २६ माघमा। सोही असरमा शंखमुलमा आयोजित सफाइ कार्यक्रममा पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘बागमतीको पानी पिउनयोग्यझै स्वच्छ बनाउनुपर्ने’ बताए।५ जेठ २०७० मा सुरु भएको बागमती सफाइ महाअभियानको परिणामस्वरूप अचेल बागमती र यसका सहायक नदीको रूप फेरिन थालेको छ।  महाअभियान सुरु हुनुअघि बागमतीको पानी ढलझै कालो देखिन्थ्यो अनि पानी बहँदैनथ्यो। तर, महाअभियानको तीन सय साता पूरा गर्दा पानी बहन थालेको छ, भने केही मात्रामा भए पनि सफा समेत देखिन थालेको छ।

सङ्घीय सरकारले कार्यविधि नै जारी गरेर नदी, सार्वजनिक स्थानको सरसफाइको जिम्मा स्थानीय सरकारलाई हस्तान्तरण गरेपछि यो महाअभियान अझ मूर्त रूप लिने विश्वास गरिएको छ।र, बागमती सफाइ महाअभियानलाई सार्थकता तुल्याउनको पछाडि स्थानीय समुदायको निरन्तर साथको ठुलो भूमिका छ । आफ्नो ठाउँ र नदीको सफाइको महत्त्व राम्रोसँग बुझ्न सक्नु नै यसको उपलब्धि हो।

महाअभियान अन्तर्गत हरेक शनिवार निस्स्वार्थ भावनाले युवा, महिला समूह र विभिन्न पेसामा आबद्ध हजारौँ व्यक्ति बागमती सफाइका लागि होमिन्छन्।बागमती नदीको पानी पहिले सफा देखिने गरेकोमा दशकयता उपत्यकाको बढ्दो जनसङ्ख्या र शहरीकरणले नदीमा फोहोरमैला र ढलको प्रदूषण बढेको थियो। जुन केही हदसम्म न्यूनीकरणतर्फ गएपनि अझै सुधारको काम बाँकी रहेको छ।

अहिले बागमती सफाइ महाअभियान मात्र होइन, विभिन्न पूर्वाधार निर्माण र हरियाली प्रवर्द्धनले प्राथामिकता पाएको छ। सहायक नदीको सफाइ, फोहोर व्यवस्थापन, पानीको बहाव बढाउने प्रयास भइरहेका छन्। आइडिएस–नेपालको सहयोगमा २५ जनालाई तालिम दिएर स्वयंसेवक समूह बनाइएको छ। स्वयंसेवक समूहले फोहोरको निगरानी गर्ने गरेका छन्, जसले जथाभावी फोहोर फाल्ने बानी हटाउन ठुलो भूमिका खेलेका छन्।

एसियाली विकास बैङ्कको सहयोगमा ३ करोड ६० लाख डलर (झन्डै सबा ४ अर्ब) को बागमती सुधार आयोजनाअन्तर्गत सुरु भएको काम २०७७ मा सकिँदैछ। अभियानमा हालसम्म ७ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको छ। दोस्रो चरणको योजनासमेत बनिसकेको छ।

जीविकोपार्जनसँग जोडिएको बागमती नदी



बागमती नदी सफाइ महाअभियानसँगै अहिले स्थानीयको जीविकोपार्जन जोडिएको छ। बागमती सफाइ अभियानले स्थानीयको जीविकापार्जनमा सुधार ल्याउन मद्दत गरेको छ। समुदायमा आधारित बागमती सफाइ अभियानले स्थानीहरू क्षमता वृद्धि बढाएको छ। बागमती सफाइ महाभियानमा लागेकाहरूले आर्थिक रूपमा पनि टेवा पुगेको छ। बागमती सफाइ अभियानले बाच्ने कला सिकाएको छ। फोहोर व्यवस्थापन कसरी गर्ने सकिन्छ? फोहोरबाट मोहोर कसरी बनाउने स्थानीयले यसको आभास पाएको छन्।

गोकर्णश्वर नगरपालिका ८ का रामहरि श्रेष्ठ उदाहरणीय पात्र बनेका छन्। रामहरीले फोहरमा फाल्न लागेको दूध, तेल, चाउचाउ खोल सङ्कलन गरेर आकर्षण घरेलु उपयोगी सामग्री बनाउने गर्छन्। उनले आफूले जानेको सीप घरमा सिकाएर परिवारले नै उनलाई सघाउने गर्छन्।



श्रेष्ठले फोहोरलाई मोहोर बनाउँदै छिमेकीदेखि अन्य जिल्लामा फोहोरलाई मोहोर बनाउन प्रशिक्षण दिन थालेका छन्। उनलाई स्याङ्जा,पोखरा र अन्य जिल्लाबाट पनि फोहोरलाई मोहर बनाउन सिक्नको लागि दिनको ५ हजारसम्मको पारिश्रमिकमा अवसर आउन थालेको छ।

एकृीकत विकास समाजले आयोजना गरेको तालिमबाट रामहरी श्रेष्ठको जीवनले नयाँ रूप लिएको छ । उनले भने, ‘मलाई अहिले धरैले प्रशिक्षण लागि बोलाउँछन्। तर, समय मिलाउन नै गाह्रो भइरहेको छ।

एसियाली विकास बैङ्कका अरुण राणाले ‘जति सक्छौ बुनेर लिएर आउ म सबै लिन्छु’ भनेपछि यसले प्लास्टिकको सामग्री बनाउन हौसला बढाएको रामहरीले बताए। महिला समूह संस्था र स्कुलबाट उनले बनाएको साम्रगी लाने गरेको रामहरीले सामग्री लिन आउँछन्।

एकीकृत विकास समाजअन्तर्गत फोहोरमैला व्यवस्थापन तथा सामाजिक परिचालनकी टिम लिडर प्रभा पोखरेलले नेपालमा आएका पाहुनालाई रामहरीले बनाएको सामग्री किनेर उपहार दिने गरेको बताइन्।

नदी र समुदाय एक अर्काका परिपूरक भएकोले समुदायको सहभागितामार्फत नदी क्षेत्रको सुधारमा काम गर्ने आयोजनाको लक्ष्य रहेको जनाइएको छ।

बागमती नदी काठमाडौँ उपत्यकाको संस्कृति, सभ्यता, स्वास्थ्य, पर्यटन तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यो नदी प्रणालीलाई सफा, व्यवस्थित र आकर्षक राख्ने काममा सरकार र आयोजनासँगै जनसहभागिताको अहम भूमिका रहन्छ।राजधानी सहरको चिनारी र सभ्यताको सूचकको रूपमा रहेको बागमती सुधारका लागि पहलमा सहभागिता र सहयोग गन पनि अनुरोध गरिएको छ।

महिला नेतृत्वको जन्म

आधा आकाश ढाकेको महिलाले सशक्तिकरणले महिलाले बागमती सफाइमा नेतृत्व गरेका छन्। बागमती महाभियानले थुप्रै महिला नेतृत्वको जन्म दिएको छ। महिलालाई केन्द्रित गरेर थुपै तालिम र जनचेतनामूलक कार्यक्रम आयोजना भएको जसले महिला क्षमता अभिवृद्धिमा सहयोग पुगेको छ।महिलाहरूले आफूले तालिमले लिएर अरू महिलाको क्षमता अभिवृद्धि गर्ने प्रयास गरेका छन्।



काठमाडौँको गोकणेश्वर नगरपालिकास्थित मूलखर्ककी धाँवा गेम्मु शेर्पाले महिला समूहमा आबद्ध भएर ‘आफ्नो टोल आफैँ सफा गरौँ’ भनेर प्रत्येक साता सरसफाइमा सामेल हुन्छन्।

एकीकृत विकास समाजअन्तर्गत फोहोरमैला व्यवस्थापन तथा सामाजिक परिचालनकी टिम लिडर प्रभा पोखरेलले बागमतीको सुन्दरता र सफाइ महाअभियानमा महिलाको मुख्य भूमिका हुने भएकोले महिलालाई प्राथामिकतामा राखेर मात्र कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिइन्।

सुन्दर बागमती

बागमती हरेर नै आनन्द महसुुस गर्ने दिन आउन अब केही समयको प्रतीक्षा गनुपर्छ। बागमती सफाइ अभियानसँगै यससँग जोडिएको हरियाली कार्यक्रम, फोहोर व्यवस्थापन, पानीको बहाव बनाउन कार्य अघि बढेको छ। नदीको सुरक्षा तथा सुन्दरता अभिवृद्धिको लागि नदीको किनारमा हरितक्षेत्र निर्माण भइरहेको छ। नदी प्रणाली प्रदूषणरहित गराई संरक्षण र संवर्द्धन गरी उपत्यकाको वातावरणीय स्वच्छता पवित्रता र सुन्दरता कायम गर्ने लक्ष्य रहेको छ।

सुख्खायाममा पानीको बहाव स्थिर गर्ने

बागमती नदीको बहाव वर्षातको पानी र त्यसबाट उत्पन्न हुने मूलमा निर्भर छ। सुख्खायाममा पानीको कमीका कारण प्रदूषण बढिरहेको तथ्यलाई मध्येनजर गरी बागमतीको माथिल्लो भेगमा पानी जम्मा गर्न र सुख्खायाममा त्यो पानी नदी प्रणालीमा प्रवाह गर्न तत्काल एउटा बाँध बनाइँदैछ।

यस क्रममा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत मूलखर्क क्षेत्रमा १२ दशमलव ४ हेक्टर (२५८ रोपनी) जमिन ओगट्ने गरी २४ मिटर अग्लो धाप बाँधको माध्यमद्वारा ८ लाख ५० हजार घनमिटर पानी सङ्कलन गरिने छ।

सो पानी सुख्खायाममा नदीको बहाव स्थिर राख्न उपयोग गरिनेछ। सुख्खायाममा यो बाँधबाट ४० लिटरप्रति सेकेण्डका दरले नदीमा पानी प्रवाह गर्न सकिने छ। करिब ५२ करोडको लागतमा निर्माण गरिनेछ।

बाढी पूर्वसूचना प्रणालीको स्थापना

बागमती नदी क्षेत्रमा बाढीको पूर्वानुमान गर्ने र समयमै सूचना प्रवाह गर्न आवश्यक पद्धतिको स्थापना गर्ने काम सुरु भइसकेको छ। यी कामहरू जल तथा ऊर्जा आयोगको सचिवालयमार्फत् अघि बढाइएको छ।

यसरी उपरोक्त कार्यका साथै बागमती नदी वरपरका क्षेत्रमा सामाजिक परिचालनका माध्यमबाट सरोकारवालालाई नदी संरक्षणमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनको नमुना कार्यक्रम अघि बढाउने कार्यहरू पनि यस आयोजनामार्फत् भइरहेको छ।

यी सबै कार्यहरू मार्फत नदी प्रणाली सफा मात्र नभएर यसमा खुख्खायाममा पनि पानीको निश्चित बहाव कायम गर्न सकिने छ। यससँगै आयोजनाले एकीकृत जलस्रोत व्यवस्थापनका कार्यलाई अघि बढाउने छ, जसले विद्यमान जलस्रोत सम्बन्धी ऐन तथा नीति, नियमलाई एकीकृत जलस्रोत व्यवस्थापन सिद्धान्तसँग सामन्जस्य हुने गरी विकास गर्न सघाउनेछ।

अबको बाटो

नेपालमा बागमतीको यो प्रयास उदाहरणीय र इतिहास हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण देशमा नदीलाई स्वच्छ रूपमा नदीलाई बाच्न दिनुपर्ने हामी सबैको अधिकार हो। नदी संरक्षण गर्नु हामी सबै दायित्व हो। बाग्मती नदीसँगै अन्य नदीपनि यसरी सफा गरी स्थानीय समुदायको क्षमता वृद्धिमा जोड दिए समृद्ध नेपाल हामीबाट नजिकै रहेको छ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics