इआइए हरेक आयोजनाको लागि अनिवार्य : मन्त्री बस्नेत



सबै आयोजनामा अनिवार्य रूपमा वातावरण प्रभाव मूल्याङ्कन (इआइए) गनुपर्ने आवश्यकता भएको वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताएका छन्। उनले भने,‘विकास र वातावरण सँगसँगै अघि बढाउनको लागि पनि इआइए अनिवार्य रूपमा हुनुपर्छ ।’

मन्त्री बस्नेतले विकास र वातावरण दुवै सन्तुलन रूपमा अगाडि बढाउनु नै आजको आवश्यकता दिगो विकास रहेको उल्लेख गरे ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको जलवायु परिवर्तन अनुकूलन सम्बन्धी कार्यक्रममा बोल्दै, विकास र वातावरण एकअर्काको विरोधी नभएको बताएका हुन ।

सोही कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री डा.विश्वनाथ ओलीले वातावरण र विकास दुबैलाई मध्यनजर गरेर आयोजना निर्माण गनुपर्ने बताए ।

वन्यन्तुमैत्री विकास नेपाललाई आवश्यक रहेको ओलीले उल्लेख गरे। वन्यजन्तु भावी पुस्ताको लागि पनि हेर्ने अवसर दिने गरी विकासको काम गनुपर्ने धारण राखे । सचिव ओलीले वातावरण राष्ट्रियको हित र अन्तर्राष्ट्रिय चासोको विषय रहेको जानकारी दिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics